बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

एनआरएनएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित, समस्याको समाधान गरी नयाँ मिती तोकिने

गण्डकी पोष्ट आश्विन २५, २०७८ सोमबार
  • 591
    SHARES
  • एनआरएनएको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित, समस्याको समाधान गरी नयाँ मिती तोकिने

    गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ ।

    images

    संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतवार सम्पन्न बैठकले आगामी ६ महिना भित्र निर्वाचन गर्ने गरि सो सम्मेलन स्थगित भएको जनाएका छन् ।

    प्रवक्ता क्षेत्रीद्वारा जारी प्रेश बिज्ञप्तीमा महाधिवेशन तथा विश्व सम्मेलनमा प्रतिनिधि विवादबारे परराष्ट्र मन्त्रालयको पत्रमा अस्पष्टता देखिए पछि निर्वाचनका सबै प्रकृया रोकिएको जनाईएको छ ।

    भर्चुयल माध्यमबाट अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मन्त्रालयबाट प्राप्त पत्रमाथि आवश्यक कानुनी परामर्श गर्ने समेत निर्णय गरेको छ ।

    संघको महाधिवेशन अक्टुबर २३ देखि २५ मा हुने तय भएको थियो । तर गैरआवासीय नेपाली संघको अध्यक्ष प्रत्यासी कुल आचार्य समूहले परराष्ट्र मन्त्रालयमा प्रतिनिधि छनोटमा विवाद गर्दै उजुरी गरे पछि मन्त्रालयले अधिवेशन रोक्न पत्राचार गरेको थियो ।

    संघले विधान अनुरुप ६ महिना कार्यकाल थप्ने तयारी गरेको बताएको छ ।

    DCD99967-0FA9-4492-B8A1-234D384340DA.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार