मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अमेरिकी सेना फिर्ता, तालिवानले गर्‍यो पत्रकार सम्मेलन

गण्डकी पोष्ट भाद्र १५, २०७८ मंगलबार
  • 739
    SHARES
  • अमेरिकी सेना फिर्ता, तालिवानले गर्‍यो पत्रकार सम्मेलन

    अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि तालिवानले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरेको छ । सम्मेलनमा तालिवानको कतार राजनीतिक कार्यालयका एक वरिष्ठ सदस्य शहाबुद्दीन दिलावरले अफगानिस्तानबाट अमेरिका फिर्ता भएकोमा अफगान राष्ट्रलाई बधाई दिएका छन् ।

    images

    ‘अमेरिकाले हाम्रो देश र देशको मामिलामा कुनै किसिमको हस्तक्षेप गर्दैनन्, यो हामीबीच भएको एउटा सम्झौता हो’, दिलावर भन्छन्, ‘अफगानिस्तानले छिमेकी देशहरूमा कहिल्यै हस्तक्षेप गर्नेछैन ।’

    काबुल पकडमा लिएपछि पहिलो पटक पत्रकार सम्मेलन गरेको तालिवानले महिलालाई काम गर्न अनुमति दिने र शिक्षा क्षेत्रबाट टाढा नराख्नेसमेत बताएको छ ।

    काबुलमा तालिवानले पकड जमाएपछि अमेरिकासँग विश्वका अन्य शक्तिशाली राष्ट्रहरूले सहायता उडान गरिरहेका थिए । अमेरिकाले आफ्नो सहायता उडान सकिएको घोषणा गरेसँगै तालिवानले आफ्नो पहिलो पत्रकार सम्मेलन आयोजना गरेको हो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार