मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

रूसद्धारा युक्रेनका दुई सहरमा अस्थाई युद्धविराम घोषणा

गण्डकी पोष्ट फाल्गुण २१, २०७८ शनिबार
  • 790
    SHARES
  • रूसद्धारा युक्रेनका दुई सहरमा अस्थाई युद्धविराम घोषणा

    युक्रेनका दुई सहरमा रुसले शनिबार अस्थायी युद्धविरामको घोषणा गरेको छ ।

    images

    रुसको रक्षा मन्त्रालयले मारिओपोल र भोल्नोभाखा सहरमा अस्थायी युद्धविराम घोषणा गरिएको जनाएको हो ।
    ती सहरमा रहेकालाई सहर छोडेर जाने मौका दिनका लागि अस्थायी युद्धविराम गरिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

    रक्षा मन्त्रालयले युद्धविराम घोषणा गरेसँगै रुसी सेनाले ती सहरमा सबै कारबाही रोकेको अधिकारीहरूले जनाएका छन् ।

    युक्रेनलाई आफ्नो नियन्त्रणमा लिनका लागि आक्रमण गरिरहेको रुसले धेरै मानवीय क्षति हुन नदिनका लागि यस्तो रणनीति लिएको देखिएको छ ।

     

    ‘आज मार्च ५ तारिखको बिहान १० बजेदेखि युद्धविराम लागू हुने छ, ती सहरमा रहेकाहरूलाई सहर छोड्न अनुरोध गर्दछौँ, मानवीय क्षति कम होस् भन्ने उद्देश्यले अस्थायी युद्धविराम गरिएको हो,’ मन्त्रालयद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

     

    रुसी सेनाले गत फेब्रअरी २४ देखि युक्रेनमा कारबाही सुरु गरेको हो । अहिलेसम्म ठूलो जनधनको क्षति भइसकेको छ भने विश्वभरबाट रुसको आलोचना भएको छ ।

    मारिओपोल सहरका मेयर भादिम बोयचेन्कोले रुसी सेनाद्वारा सहर नै बन्धक बनाइएकाले मानवीय सहायताको आवश्यकता रहेको भन्दै अपिल गरेपछि रुसले अस्थायी युद्धविराम घोषणा गरेको हो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार