टोकियो,जापान ।
नेपाली बिद्यार्थी समाज जापान (नेसाज)ले कान्तो क्षेत्रिय समिती गठन गरेको छ। बढ्दो कोरोना महामारीकोलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट भएको कार्यक्रममा टोकियो,खानागावा,साईतामा र चिवा केनबाट प्रतिनिधित्व हुनेगरी सुवर्ण भट्टको संयोजकत्वमा कान्तो क्षेत्रिय समिती गठन भएको छ ।
समितीको उप-संयोजकमा कुमार गुरूङ, सचिवमा शंकर कार्की, सह-सचिवमा बोधराज केशी, कोषाध्यक्षमा प्रभात पराजुलि तथा सह-कोषाध्यक्षमा तिलक बस्नेत सर्वसम्मत निर्वाचित हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा क्रमशः टेकराज ओझा, अमित केसि, जरिना लुङगेलि मगर, मनकला अधिकारी, नकुल तिम्सिना र सुमन रावल रहनुभएको छ ।
संस्थाका अध्यक्ष अजय रानाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी एनआरएनए जापानका अध्यक्ष शिव प्रसाद पौडेलले कार्यक्रममा बोल्दै प्रवासमा रहेका नेपाली बिद्यार्थीहरुको समस्यालाई समाधान गर्न आफुले जुनसुकै सहयोग गर्न तयार रहेको जानकारी गराऊनु भयो।
त्यसैगरी एनआरएनए कान्तोका संयोजक दिपेश केसी, नेसाजका पुर्व अध्यक्ष चेतन पौडेल,पुर्व बरिष्ठ उपाध्यक्ष प्रकाश भण्डारी क्षेत्री लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै एनआरएनए कान्तोका सम्योजक दीपेश केसीले आगामी दिनमा नेसाज संग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो भने नेसाजका पुर्व बरिष्ठ उपाध्यक्ष प्रकाश भण्डारीले नेसाजले बिगत देखीनै राम्रा कार्यहरु गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तर दिनेमा विश्वास प्रकट गर्नुभएको थियो ।
नेसाजका अध्यक्ष अजय रानाले नेसाजले बिस्तारै आफ्नो संगठन बिस्तार गरीरहेको र निकट भविष्यमै अन्य क्षेत्रहरुमा पनि क्षेत्रिय समिती गठन गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नु भयो।
कान्तो क्षेत्रिय कमिटीमा निर्वाचितहरुको नामवलि नेसाजका पुर्व अध्यक्ष चेतन पौडेलले घोषणा गर्नुभएको थियो भने नेसाजका उपाध्यक्ष पवन श्रेष्ठको स्वागत मन्तव्य,सचिव निराजन भण्डारीले संस्थाका गतिबिधि लाई जानकारी तथा संस्थाको बारेमा प्रकाश पार्नु भएको थियो। कार्यक्रमको सहजिकरण नेसाजका महासचिव सन्जय कार्कीले गर्नु भएको थियो।
जापानी भाषामा वक्तृत्वकला प्रतियोगीता Nesaj Speech Contest 2021 #日本語スピーチコンテスト
(2).gif)
