टोकियो ।
जापानका सफल व्यवसायी तथा समाजसेवी ददीवल खड्काले गैरआवासीय नेपाली संघ (एनआरएनए) एशिया प्याशिफिक उप-संयोजक पदमा उम्मेद्वारी दिने बताउनु भएको छ ।
“सामुहिक लगानी, सुरक्षित वैदेशिक रोजगार, पारदर्शिता र सहभागिता संस्थागत विकासको आधार” भन्ने नारा सहित एनआरएनए एशिया प्याशिफिक क्षेत्रीय समितिको उप-संयोजक पदमा जापानबाट खड्काले उम्मेद्वारी दिने बताउनु भएको हो ।एनआरएनए आईसीसी सदस्य खड्काले आफू जीत हासिल गर्न उम्मेद्धारी दिन लागेको बताउदैं हारजीत जे भए पनि एक पटक एसिया क्षेत्रीय समितिको उप-संयोजक पदको दाबी गरि मैदानमा आएको बताउनु भयो ।
जापानको सफल ब्यवसायी खड्काले एनआरएनएभित्रको अपारदर्शी र आर्थिक अनियमिततालाई न्यूनिकरण गर्न सक्ने योजनासहित एनआरएनएको एसिया क्षेत्रीय समितिको उप-संयोजकमा आगामी २०२१-०२३ को कार्यकालका लागि उम्मेद्धारी दिन लागेको हुन ।जापानमा करिब तीन दशक लामो बसाई गरि सामाजिक कार्यमा आफूलाई परिचित बनाइसक्नु भएका खड्काले यसअघि एनआरएनए जापानको अध्यक्षमा दाबी गर्नु भई सहमतिको लागि उम्मेद्धार फिर्ता गर्नु भएको थियो ।
नेपाली समुदायमा आफुलाइ समाजसेवी र अपठ्यरोमा परेका स्वदेशमा होस कि परदेशमा होस सहयोगीको रुपमा परिचित गराइसक्नु भएका खड़काले एनआरएनए एशिया प्याशिफिक उप संयोजकमा उम्मेद्धारी दिने निधो गर्नु भएको हो ।एनआरएनए ग्लोबल सम्मेलन आगामी अक्टुबर २३ देखि २५ तारिख उद्घाटन र २७ तारिख निर्वाचन हुने छ ।
ददीवल खड्कासँग बिभिन्न समयमा गरिएको कुराकानी हेर्नुहोस ।
३ दशक लामो जापान बसाई, ब्यवसाय सफलता-असफलता, अनुभब देखी उठ्यो अरबको कुरा-गण्डकी बहसमा ददीवल खडका ।
(2).gif)
