मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बीजेएन इन्टरनेशनलले नेपालबाट कलाकार ल्याउँदै, स्थानीय आयोजकसँगको सहकार्यमा जापानका विभिन्न सहरमा ‘तीज फेस्टिभल–२०२६’ हुने

गण्डकी पोष्ट आषाढ ३१, २०८३ बुधबार
  • 197
    SHARES
  • बीजेएन इन्टरनेशनलले नेपालबाट कलाकार ल्याउँदै, स्थानीय आयोजकसँगको सहकार्यमा जापानका विभिन्न सहरमा ‘तीज फेस्टिभल–२०२६’ हुने

    नेपालीहरूको महान् पर्व हरितालिका तीजको अवसर पारेर बीजेएन इन्टरनेशनल ले जापानका विभिन्न सहरमा ‘तीज फेस्टिभल–२०२६ (जापान टुर)’ आयोजना गर्ने भएको छ।

    images

    सेप्टेम्बर ७ देखि १५ सम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत चर्चित गायिका देवी घर्ती,लोक तथा दोहोरी गायिका टिका सानु, गायक रामजी खाँडले जापानका विभिन्न सहरमा सांगीतिक प्रस्तुति दिनेछन्।
    सार्वजनिक गरिएको कार्यक्रम तालिकाअनुसार टोकियो, साइतामा, शिजुओका, नागोया, ओसाका, हिरोसिमा र फुकुओकामा तीज विशेष कार्यक्रम आयोजना गरिनेछ।

    यस सम्बन्धमा बीजेएन इन्टरनेशनलका दीपक खत्री ले सबै सहरका कार्यक्रम बीजेएन इन्टरनेशनल को ब्यानरमा समेटिए पनि सम्बन्धित सहरको कार्यक्रम भने त्यहाँका स्थानीय आयोजक संस्था वा समूहले आयोजना गर्ने जानकारी दिएका छन्। उनका अनुसार प्रत्येक सहरमा आयोजक फरक–फरक रहनेछन् भने बीजेएन इन्टरनेशनलले कलाकार व्यवस्थापन तथा कार्यक्रम समन्वयको जिम्मेवारी निर्वाह गर्नेछ।

    जापानमा रहेका नेपाली समुदायलाई तीज पर्वको उल्लासमय वातावरणमा एकै ठाउँमा जोड्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यो सांगीतिक यात्राले नेपाली कला, संस्कृति र लोकसंगीतको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार