मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशन जुलाई ५ मा टोकियोमा हुने

गण्डकी पोष्ट आषाढ १०, २०८३ बुधबार
  • 647
    SHARES
  • नेपाली जनसम्पर्क समिति जापानको सातौँ अधिवेशन जुलाई ५ मा टोकियोमा हुने

     नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति (नेजसस) जापानको सातौँ अधिवेशन आगामी जुलाई ५, २०२६ (आइतबार) मा बिहान १० बजेदेखि टोकियोको सिबुयास्थित चुबाकी गार्डेन (〒150-0011 Tokyo, Shibuya, Higashi 1-3-1, カミニート 4F) मा आयोजना हुने भएको छ।

    images

    लामो समयको प्रतीक्षापछि हुन लागेको उक्त अधिवेशनले संस्थालाई थप सशक्त, गतिशील तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति प्रतिबद्ध बनाउने विश्वास गरिएको छ। साथै जापानमा रहेका नेपाली समुदायबीच आपसी एकता, सहकार्य तथा लोकतान्त्रिक चेतनाको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

    नेजसस जापानको जुन ७ मा सम्पन्न बैठकले अधिवेशनको मिति निर्धारण गर्दै आवश्यक तयारी सम्बन्धी निर्णय गरेको थियो। सोही बैठकले सातौँ अधिवेशन सम्पन्न गराउन संस्थाका पूर्व संयोजक भूपीगोविन्द श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको जानकारी महामन्त्री रामजंग कार्कीले दिएका छन्।

    अधिवेशनलाई निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक ढंगबाट सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन समितिले आवश्यक तयारीलाई तीव्रता दिएको जनाएको छ। प्रवासमा रहेर पनि लोकतन्त्र, संगठन र मातृभूमिप्रतिको उत्तरदायित्वलाई सशक्त रूपमा निर्वाह गर्दै आएको यस संस्थाको नयाँ नेतृत्व चयन तथा भावी कार्यदिशा निर्धारणका लागि सातौँ अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ।

    दुई दशकभन्दा लामो गौरवपूर्ण इतिहास बोकेको नेजसस जापानले जापानमा रहेका नेपाली कांग्रेसप्रति आस्थावान नेपालीहरूलाई वैचारिक, संगठनात्मक तथा भावनात्मक रूपमा जोड्दै आएको छ। यस अधिवेशनले संगठनलाई थप एकताबद्ध, सक्रिय र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    यसैबीच, नेपाली कांग्रेस केन्द्रीय समितिले नेजसस जापानको सातौँ अधिवेशनका लागि पार्टीका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा नेता अजयबाबु शिवाकोटीलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाएको छ। उहाँको उपस्थितिले अधिवेशनलाई थप प्रभावकारी, उत्साहपूर्ण तथा उपलब्धिमूलक बनाउने विश्वास कार्यकर्ताहरूले व्यक्त गरेका छन्।

    नेपाली जनसम्पर्क समिति जापानले सातौँ अधिवेशनलाई ऐतिहासिक अवसरका रूपमा लिँदै नेपाली कांग्रेसका सम्पूर्ण क्रियाशील सदस्य, शुभेच्छुक तथा जापानस्थित सम्पूर्ण कांग्रेसजनलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउन सक्रिय सहभागिताका लागि अनुरोध गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार