मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाल तामाङ समाज जापानको १०औँ महाधिवेशन सम्पन्न, गिर बहादुर तामाङ अध्यक्षमा चयन

गण्डकी पोष्ट जेठ ११, २०८३ सोमबार
  • 504
    SHARES
  • नेपाल तामाङ समाज जापानको १०औँ महाधिवेशन सम्पन्न, गिर बहादुर तामाङ अध्यक्षमा चयन

     नेपाल तामाङ समाज जापान को १०औँ महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले गिर बहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    images

    नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तेज बहादुर थिङ चयन भएका छन् भने उपाध्यक्षहरूमा ललिता तामाङ, अष्टमाया तामाङ, सुस्मा लामा वाइबा, कर्म दोङ तामाङ तथा नानी माया तामाङ चयन भएका छन् ।

    त्यसैगरी महासचिवमा देवेन्द्र तामाङ चयन भएका छन् । सचिवहरूमा मनिता मोक्तान, प्रकाश घ्लान, सागर पाख्रिन तामाङ, राजेन्द्र लामा तथा विशाल जिम्बा चयन भएका छन् ।

    कोषाध्यक्षमा लक्ष्मी वाइबा मोक्तान तथा सह–कोषाध्यक्षमा निरू तामाङ र रोनिश तामाङ चयन भएका छन् ।

    नवनिर्वाचित सदस्यहरूमा कुमार लामा, रोहन लुङ्बा, रविन लामा, मिलन लामा, सविन लामा, सुमित्रा तामाङ, निम बहादुर तामाङ, प्रकाश तामाङ, विकास थिङ तामाङ, प्रज्वल घिसिङ, एकराज तामाङ तथा अर्जुन तामाङ रहेका छन् ।

    नवगठित कार्यसमितिले जापानमा रहेका तामाङ समुदायबीच एकता, भाषा, कला, संस्कृतिको संरक्षण तथा सामाजिक गतिविधिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    IMG_9503.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार