मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

स्याङ्जा समाज जापानद्वारा राहत कोष सहयोगार्थ बार्बेक्यु तथा समर भेटघाट कार्यक्रम आयोजना

गण्डकी पोष्ट बैशाख २८, २०८३ सोमबार
  • 210
    SHARES
  • स्याङ्जा समाज जापानद्वारा राहत कोष सहयोगार्थ बार्बेक्यु तथा समर भेटघाट कार्यक्रम आयोजना

    स्याङ्जा समाज जापानद्वारा राहत कोष सहयोगार्थ मे १७ तारिख आइतबार “बार्बेक्यु तथा समर भेटघाट कार्यक्रम ” आयोजना गरेको छ। जापानमा रहेका नेपालीहरूबीच आपसी सद्भाव, भाइचारा तथा सुख–दुःखमा साथ दिने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

    images

    समाजका अध्यक्ष बेद कार्कीका अनुसार कार्यक्रम मनोरञ्जनसँगै समाजले सञ्चालन गर्दै आएको राहत कोषलाई थप सशक्त बनाउने उद्देश्यले पनि आयोजना गरिएको हो। “जापानमा समस्यामा परेका नेपालीहरूलाई आवश्यक सहयोग गर्न राहत कोष प्रभावकारी माध्यम बनेको छ, त्यसलाई अझ मजबुत बनाउन कार्यक्रम उपयोगी हुनेछ,” अध्यक्ष कार्कीले बताउनुभयो।

    त्यसैगरी महासचिव सागर मणि न्यौपानेले संगीत, खानपिन तथा मनोरञ्जनात्मक गतिविधिसहित आत्मीय भेटघाटको वातावरणमा कार्यक्रम सम्पन्न गरिने जानकारी दिनुभयो। उहाँले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा उपस्थित भई राहत कोष सहयोगार्थ ऐक्यबद्धता जनाउन आग्रह गर्नुभएको छ।

    कार्यक्रम  चिबा केनको इचिकावा सिटीस्थित साकुराचुचुमी पार्कमा आयोजना हुनेछ। आयोजकका अनुसार पार्क इचिकावा स्टेशन साउथ एक्जिटबाट करिब पाँच मिनेटको दूरीमा रहेको छ।

    IMG_9435.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार