मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बिहुँकोट समाज जापानको आयोजनामा टोकियोमा तनाव नियन्त्रण तथा चिन्तामुक्त जीवनबारे प्रेरणादायी कार्यक्रम सम्पन्न

गण्डकी पोष्ट बैशाख ६, २०८३ आइतबार
  • 560
    SHARES
  • बिहुँकोट समाज जापानको आयोजनामा टोकियोमा तनाव नियन्त्रण तथा चिन्तामुक्त जीवनबारे प्रेरणादायी कार्यक्रम सम्पन्न

    बिहुँकोट समाज जापानको आयोजनामा टोकियोमा “तनाव नियन्त्रण र चिन्तामुक्त जीवन” विषयक मोटिभेशन तथा ध्यान–योग कार्यक्रम सम्पन्न भएको छ।

    images

    उक्त कार्यक्रममा नेपालबाट पाल्नु भएका मोटिभेशनल स्पिकर तथा ध्यान–योग प्रशिक्षक गिरी बहादुर सुनार प्रमुख वक्ताका रूपमा उपस्थित रहनुभएको थियो। उहाँले मनोवैज्ञानिक सन्तुलन, आत्मचिन्तन, तनाव व्यवस्थापन तथा सकारात्मक सोचको विकासबारे प्रभावकारी प्रशिक्षण प्रदान गर्नुभयो। “मन परिवर्तन नै जीवन परिवर्तनको आधार हो” भन्ने सन्देश दिँदै उहाँले सहभागीहरूलाई व्यवहारिक अभ्याससमेत गराउनुभएको थियो।

    कार्यक्रम संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक नारायण प्रसाद कँडेलको स्वागत मन्तव्यबाट प्रारम्भ भएको थियो भने सञ्चालन उपाध्यक्ष घनश्याम कँडेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि तथा संस्थाका संरक्षक दिपक सुबेदी र सह–संरक्षक डिपी कँडेलले शुभकामना मन्तव्य राख्थिनुभएको थियो भने सभापतित्व संस्थाका अध्यक्ष टिकाराम कँडेलले गर्नुभएको थियो।

    यसै अवसरमा समाजका निवर्तमान अध्यक्ष दिपक कँडेललाई एनआरएनएको एशिया–प्यासिफिक संयोजक पदमा चयन भएकोमा बधाई तथा सम्मान व्यक्त गरिएको थियो।

    कार्यक्रम अन्तर्गत आत्मपहिचान, ध्यान–योग तथा सत्संग अभ्यासजस्ता विविध गतिविधिहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरूले मानसिक स्वास्थ्य सुदृढीकरणसँगै सकारात्मक जीवनशैली विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

    आयोजक संस्थाले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहयोगी तथा उपस्थित महानुभावहरूप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरूमा समेत यस्ता रचनात्मक तथा उपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    IMG_9334.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार