मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापानमा एक हप्तामै बिभीन्न कारणले तीन नेपालिको मृत्यु

गण्डकी पोष्ट श्रावण ३१, २०७८ आइतबार
  • 568
    SHARES
  • जापानमा एक हप्तामै बिभीन्न कारणले तीन नेपालिको मृत्यु

    टोकियो,जापान।

    images

    जापानमा एकै हप्तामा तीन जना नेपालीहरुको बिभीन्न कारणले मृत्यु भएको छ । जापानको ओसाकामा एक महिला त्यस्तै टोकियो र सेन्दाइमा गरी दुई पुरुषको मृत्यु भएको जनाईएको छ । 

    फोक्सोको समस्याले बागलुङकी भण्डारीको ओसाकामा मृत्यु-

    यही अगष्ट ८ तारिख आईतबार जापानको ओसाकामा परिवारसंगै बस्दै आउनुभएकी ४२ वर्षिय हरिकला भण्डारीको मृत्यु भएको थियो। नेपालको बागलुङ जिल्ला,गलकोट नगरपालिका-२ नरेठाँटी चिनामाली स्थायी ठेगाना भएकि भण्डारी जापानको ओसाकामा डिपेन्डेन्ट भिषामा बस्दै आउनुभएको थियो । एकदशकदेखि जापानमा रहँदै आउनुभएकी उँहा विगत एक वर्षयता स्वास्थ्यमा समस्या देखिएकाले उपचाररत हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार उँहाको फोक्सोमा गम्भीर समस्या देखिएको थियो । भण्डारीको यहि अगस्ट ११ तारिख जापानको ओसाकामा नै अन्त्येष्टि गरिएको छ ।

     

    कोरोना का कारण मुस्ताङका तुलाचनको टोकियोमा मृत्यु-

    भने राजधानी टोकियोको शिनकोईवा बस्ने ४५ वर्षीय नेपाली उज्वल तुलाचनको कोरोना भाइरसले संक्रमित भै मृत्यु भएको बताइएको छ । नेपालको मुस्ताङ ज़िल्ला टुक्चे स्थायी घर भै डेढ दशकदेखि श्रीमतिसंगै जापानमा बस्दै आउनुभएका तुलाचन श्रीमतिसंगै कोरोना संक्रमित भएपछि आवश्यक उपचार प्राप्त हुन नसक्दा गत बिहिबार मृत्यु भएको बताईएको छ । 

     

     घरमै बस्दा अवस्था चिन्ताजनक हुदै गएपछि स्थानीय अस्पतालमा जादा अक्सिजन सहित अत्यावश्यक उपचार सामग्रीको अभाव कै कारण थप उपचार हुन नसक्दा तुलाचनको मृत्यु हुन पुगेको पारिवारिक दाबी छ । तुलाचनको कोरोना संक्रमितपश्चात अस्पताल जादा १२० नम्बरमा पालो परेर समय मै आवश्यक उपचार गराउन असमर्थ हुन पुगेको बताइन्छ ।

    जापानद्वारा जारी कोरोना संक्रमित मापदण्डलाई ध्यानमा राखेर तुलाचनको शवलाई जापानी अधिकारीहरूले नै अन्तिम संस्कार गरेका र परिवारलाई भिडियोमार्फ़त शव देखाइएको बताईएको छ । मृतक तुलाचनकी श्रीमति जापानी नागरिक हुन। तुलाचनका नेपालमा भाइ र बहिनी रहेको बुझिएको छ ।

     

    सुतेकै अवस्थामा सेन्दाईमा महेन्द्रनगरका धामीको मृत्यु- 

    त्यस्तै जापानको सेन्दाइमा अध्यनरत एक ३१ वर्षीय युवा कुबेर धामीको शनिबार निधन भएको छ । नेपालको महेन्द्रनगर स्थायी घर भै दुईवर्ष अघि जापानी भाषा अध्ययनका लागि जापान आएका धामी हाल मारुचि सेन्मोन शिक्षालयमा अध्ययनरत थिए ।

    मृतक धामी शुक्रवार फुजी फुड्स बेन्तो कम्पनीमा नियमित काम गरेर राती अबेर कोठामा फर्केका थिए । उनी सदा जस्तै सुतेका र शनिवार दिउसो कोठामा पुगेर हेर्दा सुतेको अवस्थामा नै मृत फेला परेको उनीसंगै कोठामा बस्ने साथीले जानकारी दिएका छन ।

    धामी हरेक दिन बिहानमा अबेरसम्म सुत्ने गरेकोले आफूले उनलाइ नउठाई गएको र दिउसो आउदा पनि उनी सुतेको अवस्थामा देखेपछि उठाउन खोज्दा शरिर चिसो भएको पाएपछि प्रहरीलाई खबर गरेको ती साथीले बताएका छन् ।

    प्रहरीले उद्धार गरि अस्पताल पुर्याएर स्वास्थ परीक्षण गर्दा धामीको मृत्यु भैसकेको जनाइएको थियो।

     धामीको मृत्यु के कारणले भएको हो भन्नेबारे केही बताईएको छैन प्रारम्भिक अवस्थालाई हेर्दा हृदयघाटबाट मृत्यु भएको हुन सक्ने देखिएको छ । सन २०१९ मा जापानी भाषा अध्ययनका लागि सेन्दाइको खानक्यु शिक्षालयमा आएका मृतक धामीसँग अन्य दुईजना साथी कोठामासंगै बस्दै आएका थिए । नेपालमा धामीको परिवारलाई जानकारी गराइसकिएको र आवश्यक प्रक्रिया पुरा गरि जापानमा नै अन्तिम संस्कार गरिने बताईएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार