गलकोट समाज जापानको सहयोगमा गलकोट नगरपालिका र तारा गाउँपालिकाका सामुदायिक माध्यमिक विद्यालयहरूमा “छात्रवृत्ति अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रम” सम्पन्न भएको छ।
“समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा, स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्देश्यका साथ गलकोट समाज जापानले अंग्रेजी नयाँ वर्षको अवसरमा आयोजना गरेको साङ्गीतिक श्रृङ्खला २०२५–२०२६ बाट संकलित सहयोगअनुसार गलकोट नगरपालिका र तारा गाउँपालिकाका १९ विद्यालयमा जनही ५/५ लाख रुपैयाँका दरले छात्रवृत्ति अक्षयकोष स्थापना तथा हस्तान्तरण गरिएको हो।
पहिलो चरणमा गत वर्ष गलकोट नगरपालिका वार्ड नं. १ श्री सरस्वती माध्यमिक विद्यालय, वार्ड नं. २ श्री महेन्द्र माध्यमिक विद्यालय, वार्ड नं. ४ श्री खरुवा माध्यमिक विद्यालय, वार्ड नं. ५ श्री पृथ्वी माध्यमिक विद्यालय, वार्ड नं. ६ श्री पार्वती माध्यमिक विद्यालय, वार्ड नं. ७ श्री जनहित माध्यमिक विद्यालय, वार्ड नं. ८ श्री जनजागृति माध्यमिक विद्यालय, वार्ड नं. ९ श्री भैरव माध्यमिक विद्यालय, वार्ड नं. १० श्री पाण्डवखानी माध्यमिक विद्यालय र वार्ड नं. ११ श्री रत्नलक्ष्मी माध्यमिक विद्यालय तथा तारा गाउँपालिकाको श्री नेपाल माध्यमिक विद्यालय मा अक्षयकोष स्थापना गरिएको थियो।
दोश्रो चरणअन्तर्गत गत वर्ष बाँकी रहेका विद्यालयहरूमा पनि अक्षयकोष स्थापना कार्य सम्पन्न गरिएको छ। जसअनुसार गलकोट नगरपालिका वार्ड नं. १ श्री चौराहा माध्यमिक विद्यालय, वार्ड नं. ३ गलकोट माध्यमिक विद्यालय र वार्ड नं. ८ शिव माध्यमिक विद्यालय तथा तारा गाउँपालिका अन्तर्गत वार्ड नं. १ प्रजातन्त्र माध्यमिक विद्यालय, जनप्रेम माध्यमिक विद्यालय, वार्ड नं. २ अर्गल माध्यमिक विद्यालय, वार्ड नं. ३ हरि माध्यमिक विद्यालय र वार्ड नं. ५ दुर्गा भवानी माध्यमिक विद्यालय मा जनही ५/५ लाख रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको हो।
उक्त अक्षयकोषले भविष्यमा गलकोट नगरपालिका र तारा गाउँपालिकाका आर्थिक रूपमा कमजोर तर प्रतिभाशाली विद्यार्थीहरूको शैक्षिक उन्नतिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गलकोट समाज जापानले व्यक्त गरेको छ।
यस महत्वपूर्ण कार्यलाई सफल बनाउन आर्थिक सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाता, कार्यक्रम व्यवस्थापनमा सहजीकरण गरिदिने गलकोट नगरपालिका, तारा गाउँपालिका, सम्बन्धित विद्यालय परिवार, विभिन्न संघ–संस्था, समाजसेवी, पत्रकार मित्रहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरू प्रति NPO गलकोट समाज जापान परिवारले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।
अक्षयकोष हस्तान्तरण तथा स्थापना कार्यक्रममा गलकोट समाज जापानका तर्फबाट अध्यक्ष रत्नसिंह बस्नेत, महासचिव दिलिप कँडेल लगायतको उपस्थिति रहेको थियो भने विद्यालयका तर्फबाट प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा विद्यार्थीहरूको समेत उपस्थिति रहेको थियो।



(2).gif)
