मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नयाँ नेतृत्व चयनका लागि अर्घाखाँची समाज जापानको छैटौँ अधिवेशन जनवरी २ तारिख टोकियोमा हुँदै

नयाँ नेतृत्व चयनका लागि अर्घाखाँची समाज जापानको छैटौँ अधिवेशन जनवरी २ तारिख टोकियोमा हुँदै

अर्घाखाँची समाज जापानको छैटौँ अधिवेशन आगामी जनवरी २ तारिख टोकियोको सिनओकुबुस्थित रोयल गार्डेनमा हुने भएको छ।

images

जापानमा रहेका अर्घाखाँचीबासीलाई एकीकृत गर्ने उद्देश्यले सन् २०१५ मा स्थापना भएको समाजले छैटौँ अधिवेशन गर्न लागेको समाजका अध्यक्ष कृष्ण केसीले जानकारी दिनुभयो।

अधिवेशनमा संस्थाले विगत दुई वर्षभित्र गरेका आर्थिक, प्रगति तथा सांगठनिक गतिविधिसम्बन्धी प्रतिवेदनहरू प्रस्तुत गरिने समाजका महासचिव अर्जुन आचार्यले जानकारी दिनुभयो। समाजले जापानमा रहेका जिल्लाबासीसँगै अर्घाखाँचीमा रहेका नेपालीहरूलाई पनि भैपरी आउने आपत्–विपत् तथा अप्ठ्यारो अवस्थामा आर्थिक, भौतिक र सामाजिक रूपमा सहयोग गर्दै आईरहेको छ।

छैटौँ अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। यसका लागि समाजका संरक्षक बाबुराम पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ। समितिका सदस्यमा संरक्षक दीपक थापा र सल्लाहकार हरी पन्थी रहनुभएको छ।

समाजको आगामी नेतृत्वका लागि चार जनाले आकांक्षा व्यक्त गरे पनि सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भइरहेको निर्वाचन समिति संयोजक पौडेलले जानकारी दिनुभयो। नेतृत्वको आकांक्षा राख्नु सकारात्मक भए पनि, समय दिन सक्ने, समाजलाई सक्रिय रूपमा अघि बढाउन सक्ने व्यक्तिलाई नै अध्यक्ष बनाइनुपर्ने साझा माग रहेको उहाँको भनाइ छ।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार