मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए चिबाले सुरु गर्‍यो मासिक अनलाईन सेमिनार, पहिलो श्रृङ्खलामा कानुनी जानकारी

गण्डकी पोष्ट पौष २, २०८२ बुधबार
  • 312
    SHARES
  • एनआरएनए चिबाले सुरु गर्‍यो मासिक अनलाईन सेमिनार, पहिलो श्रृङ्खलामा कानुनी जानकारी

    गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापान अन्तर्गत क्षेत्रीय समन्वय परिषद् चिबाले प्रत्येक महिनामा विभिन्न विषयवस्तुमा केन्द्रित अनलाइन सेमिनार सञ्चालन गर्ने भएको छ।

    images

    “एनआरएनए चिबा वेबिनार कार्यक्रम” नाम दिइएको उक्त कार्यक्रमको पहिलो श्रृङ्खलामा जापानमा रहेका विदेशी नागरिकहरूका लागि परिमार्जित नियम-कानुनसम्बन्धी जानकारी विषयमा अन्तरक्रियात्मक छलफल गरिनेछ।

    एनआरएनए चिबाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिने कार्यक्रममा विशिष्ट अतिथि वक्ता जिज्ञान कुमार थापा सहभागी हुने जानकारी एनआरएनए चिबाका संयोजक राजनबाबु सुबेदीले दिनुभएको छ।

    कार्यक्रम डिसेम्बर २० तारिख शनिबार बेलुका ७ बजेदेखि प्रत्यक्ष प्रसारण हुनेछ। आयोजकले जापानमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई आफ्ना जिज्ञासा राख्न आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार