करिब दुई दशकदेखि जापानमा रहँदै नेपाली लोक तथा दोहोरी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन निरन्तर सक्रिय लोकप्रिय लोक–दोहोरी गायक सूर्य खड्कालाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाको अधिवेशनको अवसरमा ताम्रापत्र सहितको सम्मानपत्रद्वारा सम्मान गरिएको छ।
प्रतिष्ठान जापान शाखाद्वारा आयोजित चौथो अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०२५ को विशेष समारोहमा खड्कालाई उक्त सम्मान प्रदान गरिएको हो। परदेशी भूमिमा बसेर गीत–संगीतमार्फत देश, समुदाय र संस्कृतिलाई जोड्ने खड्काको योगदान अनुकरणीय, प्रेरणादायी र ऐतिहासिक रहेको कारण यो सम्मान प्रदान गरिएको निवर्तमान महेन्द्र न्यौपानेले बताउनुभयो ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ३, माझकटेरामा जन्मिएका सूर्य खड्काले दशकौँदेखि नेपाली लोक–लय, मौलिक धुन र परम्परागत संगीतलाई आफ्नो आवाजमार्फत जीवन्त बनाउँदै आएका छन्।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका पुर्व अध्यक्ष तथा वर्तमान केन्द्रीय सदस्य समेत रहेका खड्काले नेपाली लोक–संस्कृतिको संरक्षण, प्रवर्धन र मौलिकतालाई विश्व समुदायसम्म पुर्याउन गरेको योगदानको उच्च कदर गर्दै जापानवासी संगीतप्रेमीहरूले जापानमा चाँडै नै ‘सूर्य खड्का एकल साँझ’ जस्तो भव्य कार्यक्रममा आयोजना गर्ने योजना रहेको बताईएको छ ।
परदेशमै बसेर नेपाली संगीतलाई उचाइमा पुर्याईरहेका गायक खड्कालाई परदेशी गायक भनेर चिन्ने गरिन्छ ।प्रतिष्ठान जापान शाखाले प्रदान गरेको यस सम्मानले सांगीतिक यात्राले अझ सबल, सशक्त र प्रेरणादायी रुपमा अघि बढ्ने अपेक्षा जापानवासी नेपालीको रहेको छ।
परदेशमै रहेर नेपाली गीत–संगीतलाई विश्वसामु चिनाउने यो यात्रामा हौसला प्रदान गर्दै प्रतिष्ठान जापान शाखाले ताम्रापत्रद्वारा गरेको सम्मानले अझ जिम्मेवार र प्रेरित बनाएको बताउनुभयो । सम्मान प्रदान गर्नुभएकोमा निवर्तमान अध्यक्ष महेन्द्र न्यौपाने तथा सम्पूर्ण कार्यसमितिप्रति आभार तथा धन्यवाद व्यक्त गरेका छन् ।
(2).gif)
