मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न, बेद प्रसाद कँडेलको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

गण्डकी पोष्ट आषाढ ३, २०८२ मंगलबार
  • 571
    SHARES
  • बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सम्पन्न, बेद प्रसाद कँडेलको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

    बागलुङ समाज जापान, कान्साई क्षेत्रीय समितिको प्रथम अधिवेशन सर्वसम्मत रुपमा कार्यसमिति चयन गरि सम्पन्न भएको छ।

    images

    नवगठित कार्यसमितिमा संयोजकको रूपमा बेद प्रसाद कँडेल चयन हुनुभएको छ। राम थापा (नारायण), सुजन शर्मा, र जीवन घर्ती उपसंयोजकको रूपमा निर्वाचित हुनुभएको छ।

     

    कुशल बोहोरा सचिव तथा दिनेश पौडेल सह-सचिव गोपाल कृष्ण सापकोटा कोषाध्यक्ष र अविरल के.सी. सह-कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ।

    त्यस्तै, सदस्यहरूको रूपमा शान्ति सापकोटा कँडेल, ज्योति सापकोटा आचार्य, शर्मिला आचार्य कँडेल, र गणेश सिंजालि चयन हुनुभयो।

    समितिको बैठक मार्फत थप तीन जना सदस्य मनोनयन गर्ने बिधान समेत रहको छ ।

    बागलुङ समाज जापानका उपाध्यक्ष अशोक शर्मा गोपालको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले सफलतापूर्वक अधिबेशन सम्पन्न गरेको थियो। समितिको सदस्यहरूमा उपाध्यक्षहरूमा विष्णु सापकोटारामु खत्री रहनुभएको थियो।

     

    अधिवेशनमा बागलुङ समाज जापानका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक,एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले बागलुङ समाज जापानको प्रारम्भिक परिकल्पना र उद्देश्य स्मरण गर्दै भन्नुभयो “समाजको परिकल्पना जुन उद्देश्यले गरिएको थियो सो उद्देश्य प्राप्तिका लागि भएका गतिविधिले आफूलाई खुसी तुल्याएको र समाजको प्रभावकारिता बढ्दै गएको तथा धेरैभन्दा धेरै बागलुङेहरुले समाजका गतिविधिहरूलाई नजिकबाट अपनत्व गर्न पाएका छन्।"

    बाग्लुङ समाज जापानका संरक्षक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव रामकृष्ण बम मल्लले जापानका हरेक क्षेत्रमा रहेका बागलुङवासीहरूलाई बागलुङ समाज जापान मार्फत संगठित गर्दै, साझा पहिचान र समृद्धिको दिशामा अघि बढ्नु पर्नेमा कुरामा जोड दिँदै सामाजिक सद्भाव, सहकार्य र संगठनात्मक सुदृढीकरणतर्फ ठोस कदम अघि बढाउनु आजको आवश्यकता रहेको बताउनुभएको थियो।

    त्यसैगरी बागलुङ समाज जापानका सल्लाहकार आत्माराम गैरे तथा समाजसेवी तुलसीराम खरेलले पुरानो पुस्ता र नयाँ पुस्ता बीच समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढेमा हरेक सामाजिक संस्थाले लिएका उद्देश्य प्राप्ति हुँदै जाने कुरामा जोड दिनुभएको थियो ।

    एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरे,सचिव दिपेश केसी र दिलिप कँडेल,एनआरएनए कान्साईका संयोजक हरिप्रसाद कँडेल, एनआरएनए जापानका सदस्य बिष्णु प्रसाद सापकोटा,गल्कोट समाज जापानका केन्द्रीय उपाध्यक्ष शिवु थापा, गल्कोट समाज कान्साईका अध्यक्ष नरबहादुर थापा, बिहुँकोट समाज कान्साईका अध्यक्ष बलबहादुर क्षेत्री, मालिका समाजका संयोजक नन्दु सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

    औपचारिक कार्यक्रम पश्चात् भएको अनौपचारिक कार्यक्रममा चर्चित कलाकारहरू सूर्य खड्का,काजल गुरुङ र सञ्जीव रानाले सांगीतिक प्रस्तुति मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो।

    अधिवेशनको सभापतित्व बागलुङ समाज जापानका अध्यक्ष गुरुप्रसाद सापकोटा,स्वागत उपाध्यक्ष राजु केसी र सञ्चालन उपाध्यक्ष विष्णु सापकोटाले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार