मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

अर्घाखाँची समाज जापान चुबु क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मनोज  खनाल चयन 

अर्घाखाँची समाज जापान चुबु क्षेत्रीय समिति नागोयाको अध्यक्षमा मनोज  खनाल चयन 

अर्घाखाँची समाज जापानको नागोया क्षेत्रीय समितिको प्रथम अधिवेशन,आईतबार नागोयामा सम्पन्न भएको छ । अधिवेशनले मनोज खनालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा अनिल पौडेल र निमानन्द आचार्य चयन भएका छन् । त्यसैगरि सचिवमा सविता पन्थी सह-सचिवमा माधव खत्री कोषाध्यक्ष मनोज पौडेल सदस्यहरु कृष्ण भुसाल  कोपिला पन्न्थी पशुपति पाण्डे चयन भएका छन् । क्षेत्रिय समिति नागोयाको संरक्षकमा चंद्र प्रकाश भुसाललाई जिम्मेवारी प्रदान गरीएको छ। 
समाजका पूर्व अध्यक्ष तथा संरक्षक बाबुराम पौडेलले प्रमुख अतिथिको आशनबाट बोल्दै संस्थाको सुरुवाती यात्रादेखि हालसम्मको योगदानको चर्चा गर्दै सामाजिक उत्तरदायित्व अझ सशक्त बनाउनुपर्ने बताऊनु भयो । समाजका केन्द्रिय अध्यक्ष तथा अधिवेशनका बिशिष्ट अतिथी कृष्ण के.सी. ले नयाँ नेतृत्वलाई बधाई दिँदै संस्थाको भावी यात्रामा केन्द्रीय समितिको सधैं समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नु भयो। 
अधिवेशनमा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक दीपक कार्की, प्रवासी अन्तराष्ट्रीय कमिटी सदस्य मलेसिया ईन्चार्ज  सरोज कडेल, NRNA नागोया संयोजक भेषनाथ गौतम, अर्घाखाँची समाज जापानका  सल्लाहकार गणेश  रायमाझी, उपाध्यक्ष मनीष खनाल, सचिव सरोज भूषाल, विद्यार्थी संयोजक नारायण भट्टराई रायमाझी, लगाएतले बोल्दै अर्घाखाँचीबासी बीच सहकार्य, सहयोग र सामाजिक उत्तरदायित्वलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए। 
नव निर्वाचित अध्यक्ष मनोज खनालले कार्यसमितिले आगामी दिनमा विभिन्न सामाजिक, सांस्कृतिक एव शैक्षिक कार्यक्रमहरू संचालन गर्दै समुदायलाई एकताबद्ध राख्ने प्रतिबद्धता जनाउनुभएको थियो । कार्यक्रम समाजका केन्द्रीय सचिव असीम खनालले संचालन गर्नुभएको थियो ।

images



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार