मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बागलुङ समाज जापानको प्रवक्तामा अनिल कुमार निर्दोष मनोनित, संरक्षक, सल्लाहकार र सदस्य पदमा समेत बिभिन्न व्यक्ति मनोनित

गण्डकी पोष्ट चैत्र १७, २०८१ सोमबार
  • 348
    SHARES
  • बागलुङ समाज जापानको प्रवक्तामा अनिल कुमार निर्दोष मनोनित, संरक्षक, सल्लाहकार र सदस्य पदमा समेत बिभिन्न व्यक्ति मनोनित

    बागलुङ समाज जापानको प्रवक्तामा अनिलकुमार निर्दोष मनोनित हुनुभएको छ। आइतबार टोकियोमा सम्पन्न समाजको दोस्रो नियमित बैठक मार्फत निर्दोष प्रवक्तामा मनोनित हुनुभएको महासचिव सचिन आचार्यले जानकारी दिनुभयो । कला साहित्यमा सक्रिय निर्दोष अनेसास जापानको वर्तमान महासचिव तथा बागलुङ समाज जापानको निवर्तमान कार्यसमिति सदस्य समेत हुनुहुन्थ्यो। भने समाजको बैठकबाट संरक्षक, सल्लाहकार तथा रिक्त रहेका सदस्यमा समेत पदपूर्ति गरेको जनाइएको छ।

    images

    समाजको संरक्षकमा दीपक सुवेदी,राजविन थापा,सिद्धार्थ श्रेष्ठ,डिपी कँडेल,महेश कुमार श्रेष्ठ, नर बहादुर थापा,सुर्य लामिछाने,रामकृष्ण बम मल्ल र यमकान्त कँडेललाई मनोनित गरेको अध्यक्ष गुरु प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

    पाँचौ कार्यकालको लागि रिक्त रहेको सदस्य पदहरूमा हिरा श्रीस, मदन शर्मा, दयाराम कँडेल,समीना खड्का लोहनी,लाल थापा र सुरज केसीलाई मनोनीत गरेको जनाईएको छ । भने बाग्लुङ जिल्लाका विभिन्न क्षेत्रबाट जापानमा रहनुभएका करिब दुई दर्जन प्रबुद्ध व्यक्तित्वहरूलाई समाजको सल्लाहकारमा मनोनित गरिएको पनि समाजले जनाएको छ।

    चैत्राष्टमी मेलाको अवसरमा अप्रिल ५ तारीख शिनओकुबो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा गर्न लागिएको शुभकामना आदानप्रदान तथा सांगीतिक कार्यक्रमलाई उपलब्धिमूलक बनाउनका लागि प्रचारप्रसार र तयारीलाई व्यापक बनाईएको उपाध्यक्ष रामु खत्रीले जानकारी दिनुभयो ।

    Neutral Aesthetic Moodboard Heart Shape Frame Photo Collage (297 x 420 mm).png

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार