मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले सेप्टेम्बर ४ तारीख ईकेगामी हलमा हरितालिका तिजको अबसरमा “तिज धमाका २०२४” गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले सेप्टेम्बर ४ तारीख ईकेगामी हलमा हरितालिका तिजको अबसरमा “तिज धमाका २०२४” गर्ने

गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोले नेपाली नारीहरुको पर्व हरितालिका तिजको अबसरमा “तिज धमाका २०२४” आयोजना गर्ने भएको छ।

images

वार्षिक रुपमा मनाउदै आएको हिन्दू नेपाली महिला हरुको महान पर्व ‘हरितालिका तिज’ लाई यस वर्ष पनि भब्य रुपमा मनाउन लागिएको अध्यक्ष दिनेश थापाले  जानकारी गराए। नेपालबाट आमन्त्रित लोक दोहोरी तथा तिज गितमा विशेष रुपमा ख्याती प्राप्त राष्ट्रिय कलाकार गायीका द्वोय सुनिता बुढा क्षेत्री, सम्झना लामिछाने मगर र जापानमा कर्मथलो तथा परदेशी गायकबाट आफ्नो परिचय स्थापित गरेका गायक सुर्य खड्का साथै स्थानीय कलाकारहरुको प्रस्तुती रहने अध्यक्ष थापाले जनाए। यसरि चाडपर्वको अवरसरमा आयोजना गरिने कार्यक्रमले हामी विदेशी भुमिमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुका बिचमा आपसी भाईचारा, सद्भाव र एकता क़ायम गर्नुको साथै कला र संस्कृतिको संरक्षण तथा नया पुस्ताका लागि एउटा पाठशाला हुने समेत  थापाले बताए।  


कार्यक्रमलाई भव्य बनाउनको लागि नेपालबाट आमन्त्रित कलाकारको भिषाका लागि आवस्यक डकुमेन्ट्रेसनको प्रकृयामा रहेको र कार्यक्रम २०२४-सेप्टेम्बर ४ तारिक बुधवारका दिन नेपालीहरुको बाक्लो बसोबास रहेको टोकियोको ईकेगामीमा रहेको नेपाली समुदायलाई सहज रुपमा पुग्न सकिने ईकेगामी हलमा हुने जानकारी कार्यक्रम संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष ईश्वर बस्नेतले जानकारी गराए। विभिन्न बाध्यताले गर्दा हामी विदेशमा छौ तर हामी संसारको जुनकुनै स्थानमा रहे पनि हामी हाम्रो धर्म, कला र संस्कृति पटक्कै भुल्न सक्दैन सोहि अनुरूप विशेष गरि हरितालिका तिज हिन्दु नेपाली नारीहरुको माहान पर्व रहेको र यस पर्वमा विवाहित नारीहरु माईत जाने प्रचलन रहेको हुदा विदेशमा रहेका महिला दिदीबहिनीहरुलाई आफ्नै माईतको आगनमा पुगेर वर्षभरिका पिडा र बेदना भुलाएको महशुष हुने गरि कार्यक्रमको आयोजना गर्न लागेको वरिष्ठ उपाध्यक्ष बस्नेतको भनाई छ। 

 नेपाली महिला हरुको पर्व तिज कार्यक्रमलाई नेपाल कै अनुभुति हुने गरि यस पटकको तिज धमाका २०२४ आयोजना गर्न लागेको र सोहि अनुसार आन्तरिक तयारिहरु सुरुवात गरेको सचिव पवन बोहोरा क्षेत्रीले  जानकारी दिए। विगतका वर्षहरुमा जस्तै यस पटक पनि टोकियोबासी नेपाली दाजुभाई दिदीबहिनीहरुले  कार्यक्रमलाई भव्य रुपमा सफल पार्नु हुनेमा कान्तो समिति पूर्ण रूपमा विस्वस्त रहेको बताउदै बिदेशी भूमिमा बर्ष भरिको  थकान  मेटाउन र आफ्नो  नातागोता ,साथी भाईहरुको भेटघाटको  साथै नेपाल बाट आमन्त्रित ख्याती प्रप्त कलाकारको बिचमा छमछमी नाचेर समेत  रमाइलो  गर्नको लागि  सम्पूर्ण  जापानी  बासीहरुलाई आजै देखि उक्त दिनको लागि  बिदा  मिलाउनु  हुन  समेत सचिव बोहोराले अनुरोध गरेका छन।



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार