मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाली विधार्थी समाज जापान द्वारा सल्लाहाकार समिती चयन- प्रमुख सल्लहाकारमा डा. सरोज कंडेल

गण्डकी पोष्ट श्रावण २९, २०७८ शुक्रबार
  • 493
    SHARES
  • नेपाली विधार्थी समाज जापान द्वारा सल्लाहाकार  समिती चयन- प्रमुख सल्लहाकारमा  डा. सरोज कंडेल

    सन १९९७ मा स्थापना गरिएको नेपाली विधार्थी समाज जापान (नेसाज) ले स्थापना काल देखी नै जापानमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या समाधानमा सहजिकरण गर्दै आइरहेको छ । साथै विधार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्नका लागि जापानी भाषा वक्तृत्वकला प्रतियोगिता तथा विभिन्न क्षेत्रमा अध्ययन- अनुसन्धान गर्नु भएका व्यक्तित्वहरुका बिचमा गोष्ठी , ज्ञान सिपको आदानप्रदान लगाएत विभिन्न ज्ञानमुलक कार्यक्रमहरु गर्दै आईहेको यस संस्थाले आफ्ना गतिविधीहरुलाई थप सकृय रुपमा अघी बढाउनका लागि २०२१ -२०२३ कार्यकालका लागि संरक्षक  तथा सल्लाहाकार समिती समेत चयन् गरिएको छ।

    images

    प्रमुख सल्लहाकारमा  नेसाजको हरेक गतिबिधिमा नजिक बाट सकृय रुपमा साथ सहयोग गर्दै आउनु भएका  नेसाजका पुर्व अध्यक्ष डा. सरोज कंडेल चयन हुनु भएको छ भने संरक्षकमा नेसाजका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद भुसाल रहनु भएको छ। त्यस्तै सल्लाहाकारहरुमा गोबिन्द श्रेष्ठ, डा. सुदिप अधिकारि, डा. वेद काफ्ले, डा. हरी देवकोटा, डा. होम बहादुर रिजाल , डा. भरत नेगी, शिव प्रसाद पौडेल , जिज्ञान कुमार थापा

    , दिपक कार्की,नरेन्द्र कुमार बस्नेत रिशभ पौडेल, बिमल अधिकारी, रहनु भएको छ । 

    उहाँहरुको सल्लाह  सुझाबले संस्थालाई अझ उचाइमा पुर्याउने कुरामा बिस्वस्त रहेको कुरा महासचिव सञ्जय कार्कीले बताउनु भयो  | साथै भोलीका दिनहरुमा   विद्यार्थीहरुलाई  जस्तो सुकै समस्या आइपरे पनि सल्लहाकारहरुको  को साथ र सहयोगले  समस्याको समाधान  गरी सहि मार्ग प्रदान गर्न नेपाली विद्यार्थी समाज जापान नेसाज सदैव तयार रहेको कुरा केन्द्रिय कमिटिका  सद्स्य रोशन भट्टराईले जानकारी दिनु भयो ।

  • सम्बन्धित विषय:

  • # जापान
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार