मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

निलुवा समाज पोर्तुगलको पहिलो बार्षिक साधारण सभा पोर्तुगलको लागोसमा सम्पन्न

निलुवा समाज पोर्तुगलको पहिलो बार्षिक साधारण सभा पोर्तुगलको लागोसमा सम्पन्न

निलुवा समाज पोर्तुगलको पहिलो बार्षिक साधारण सभा पोर्तुगलको लागोसमा सम्पन्न भएको छ ।  

images

बागलुङ जिल्ला गल्कोटको सुन्दर निलुवा हाम्रो सान, पर्यटकीय पूर्वाधार विकासमा हामी सबैको साझा अभियान’ भन्ने मूल नाराका साथ सन् 2023 मा निलुवा समाज  पोर्तुगलको गठन भएको थियो ।  

 

रोजगारी तथा बिभिन्न पेशा ब्यवसायको  शिलशिलामा  पोर्तुगललाई कर्मभुमी बनाएका बाग्लुङ जिल्ला गल्कोट नगरपालीका वडा नः४ का युवाहरुले पोर्तुगलमा निलुवा समाज पोर्तुगल स्थापना गरेको एक बर्ष पूरा गरेको अबसरमा बार्षिक भेला तथा भेटघाटको साथै संस्थाको टिसर्ट बितरण कार्यक्रम  पोर्तुगलको लागोसमा सम्पन्न भएको अध्यक्ष डिलाराम सुबेदिले जानकारी दिनुभयो ।  

सो अवसरमा संस्थाको बार्षिक प्रगती  विवरण सचिव जयलाल सुवेदी तथा वार्षिक आयव्यय कोषाध्यक्ष बिकास सुबेदीले प्रस्तुत गर्नुभएको थियो ।  

 

कार्यक्रममा बोल्ने बक्ताहरुले कर्मभूमिमा रहेर पनि आफ्नो जन्मभूमि र देशप्रतिको माया ममता र एक असल नागरिक हुनुको नाताले समाजको माध्यमबाट पूरा गरेको बताएका थिए ।  

आगामी दिनमा पनि समाज लाई अझै गतिशिल बनाउदै  अघी बढ्नुपर्ने उपाध्यक्ष सिमलाल सुवेदीले बताउनुभयो ।  

 निलुवा समाज पोर्तुगलका अध्यक्ष डिलाराम सुबेदिको  अध्यक्षतामा भएको कार्यक्रमको संचालन संस्थाका सचिब जयलाल सुबेदी तथा स्वागत मन्तव्य सह-सचिब केदार सुबेदिले राख्नुभएको थियो । 

IMG_6770.jpeg



प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार