मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on
नेपाली राजदूतावास टोकियो,जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड -१ ९ को संक्रमणको महामारीबाट जोगिनका लागी अनुरोध गरेको छ।

नेपाली राजदूतावास टोकियो,जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड -१ ९ को संक्रमणको महामारीबाट जोगिनका लागी अनुरोध गरेको छ।

नेपाली राजदूतावास टोकियो,जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड -१ ९ को संक्रमणको महामारीबाट जोगिनका लागी अनुरोध गरेको छ।

गण्डकी पोष्ट श्रावण २९, २०७८ शुक्रबार
  • 129
    SHARES
  • नेपाली राजदूतावास टोकियो,जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड -१ ९ को संक्रमणको महामारीबाट जोगिनका लागी अनुरोध गरेको छ।

    टोकियो,जापान।
         नेपाली राजदूतावास टोकियो , जापानले जापानमा तीब्र रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड -१ ९ को संक्रमणको महामारीबाट जोगिनका अनुरोध गरेको छ।  
    बिहीबार एक सुचना प्रकाशन गर्दै अनावश्यक भीडभाडबाट टाढा रहने , घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने लगायत सुरक्षा सतर्कताका सम्पूर्ण उपायहरूको पूर्ण पालना गर्नु  गराउनुहुन सम्पूर्ण जापानवासी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा राजदूतावासले अनुरोध गरेको छ ।

    images

      यसै सन्दर्भमा टोकियो र नागोया लगायतका स्थानहरूमा नेपाली नागरिकहरूबाट सञ्चालित केही रेष्टुरेन्टहरूमा नेपाली नागरिकहरू जमघट हुँदा मास्क नलगाउने , पेय पदार्थ सेवन गर्ने र नाचगान गर्ने जस्ता कार्यहरू भएको जानकारीमा आएको हुँदा त्यस्ता कार्यहरू नगर्नका लागि नेपाली समुदायलाई सजग गराइदिन जापानको परराष्ट्र मन्त्रालयबाट समेत अनुरोध भई आएको जनाइएको छ ।
       त्यसैगरी कोभिड -१ ९ बाट आफू जोगिन र अरुलाई पनि जोगाउनका लागि जापान सरकारले लागू गरेका स्वास्थ्य सम्बन्धी मापदण्डहरूको पूर्ण पालना गर्नुहुनका लागि  अनुरोध गरेको छ ।
      भने राजदूतावासबाट सेवाग्राही एवं सेवा प्रदायक सबैको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै व्यक्ति स्वयं अनिवार्य उपस्थित हुनुपर्ने ( अधिकृत वारेशनामा एवं हस्ताक्षर प्रमाणीकरण ) बाहेकका अन्य सेवाहरू ( पासपोर्ट , ट्राभल डकुमेन्ट , भिषा , ड्राइभिङ लाइसेन्स , विवाह सम्बन्धी काम लगायत अन्य कागजात प्रमाणीकरण सम्बन्धी कार्यहरू ) हुलाक मार्फत् मात्र उपलब्ध हुने पनी जानकारीका लागि सुचना गरेको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली विधार्थी समाज जापान द्वारा सल्लाहाकार समिती चयन-
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार