मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाली बिद्यार्थी समाज जापान (NESAJ)को २० औं अधिवेशन जनवरी २८ तारीख ओसाकामा  हुने

गण्डकी पोष्ट माघ २, २०८० मंगलबार
  • 139
    SHARES
  • नेपाली बिद्यार्थी समाज जापान (NESAJ)को २० औं अधिवेशन जनवरी २८ तारीख ओसाकामा  हुने

    नेपाल स्थायी घर भई हाल जापानमा अध्ययनको सिलसिलामा आउनुभएको नेपाली बिद्यार्थी हरुको साझा संस्था नेपाली विद्यार्थी समाज ( नेसाज ) को २० औँ राष्ट्रिय अधिवेशन जनवरी २८ मा हुनेभएको छ ।

    images

    अधिबेशनले नयाँ नेतृत्व चयन सहित संस्थालाई गतिशीलता प्रदान गर्नको लागि ओसाकाको तेन्नोजीमा रहेको कुमिन सेन्टरमा जनवरी २८ तारिख अधिवेशन हुन लागेको संस्थाका निवर्तमान अध्यक्ष कृष्ण भुषालले जानकारी दिनुभएको छ । 
    नेसाजले जापानमा रहेको दुतावास तथा एनआरएनए लगायतका संघसस्थाहरूसँग समन्वय गर्दै समग्र नेपालका र नेपालीका लागि विभिन्न आपात बिवतमा सहयोग गर्दै आईरहेको र पछील्लो समय जापानमा नेपाली विद्यार्थीको संख्या दिनानुदिन वृद्धि हुदै गर्दा नेसाजले खेल्नु पर्ने भूमिका अझै बढेको बताउनुभयो ।
    सन् १९९७ मा स्थापित संस्थाले स्थापना कालदेखि नै निरन्तर नेपाली विद्यार्थीहरूको समस्या समाधानमा समन्वयकारि  भूमिका खेल्दै सेमिनार, खेलकुद, सांस्कृतिक कार्यक्रम गर्दै निरन्तर नेपाली विद्यार्थीहरू, नेपाल र नेपाली समाजलाई जोड्दै आएको संस्थाका निवर्तमान अध्यक्ष एव संरक्षक कृष्ण   भुषालले जानकारी दिनुभएको छ ।
    संस्थाले हाल सम्म नेपाली बिद्यार्थी हरुका हक अधिकार सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली बिद्यार्थी हरुमा भएका अन्तर्निहित प्रतिभा बाहिर ल्याउन विभिन्न कार्यक्रम गर्दै आएको महासचिव सञ्जय कार्कीले जानकारी  दिनुभयो। जापानमा बिद्यार्थीका रुपमा आई अध्ययन पछी बिभिन्न पेसा ब्यवसायमा आवद्ध हुनु भएका अग्रज एवम बिज्ञहरुको समेत उपस्थिती रहने भएकाले अग्रजको अनुभव सुन्दै आफ्नो भविश्य उज्वल बनाउने अवसर पनि भएकाले  जापानमा रहनुभएका सम्पूर्ण नेपाली बिद्यार्थी हरुमा उत्साहजनक सहभागिता को लागि कार्यक्रम संयोजक बिकास अधिकारीले आग्रह समेत गर्नुभयो ।साथै  विद्यार्थीमा  भएको प्रतिभा उजागर गर्नका लागि नाचगान,सन्देश मुलक गजल कबिता वाचन गर्ने विधार्थी लाई सम्मान पत्र प्रदान गरिने भएकाले त्यस्ता प्रतिभा भएका विधार्थीले आयोजक लाई अग्रिम जानकारी गराई नाम टिपाउन समेत आग्रह गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार