मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

टोकियोको हानेदा विमानस्थलमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु

गण्डकी पोष्ट पौष १८, २०८० बुधबार
  • 104
    SHARES
  • टोकियोको हानेदा विमानस्थलमा विमान ठोक्किँदा पाँच जनाको मृत्यु

    मंगलबार साँझ टोकियोको हानेदा विमानस्थलमा जापान एयरलाइन्सको विमान धावनमार्गमा ठोक्किँदा तट रक्षकको विमानमा सवार पाँच जनाको मृत्यु भएको छ। 

    images

    तट रक्षकको विमानमा ६ जना रहेतापनि  पाँच जनाको मृत्यु पुष्टि भएको जनाईएको छ।

    जापान एयरलाइन्सको विमान धावनमार्गमा तट रक्षकको विमानसँग ठोक्किएपछि आगलागी भएको बताईएको छ ।  एनएचकेले विमानको तल पछाडि सुन्तला रङको आगोको विस्फोट हुनुअघि विमान धावनमार्गमा अगाडि बढिरहेको तस्बिरहरूमा देखाइएको छ । 

    एनएचकेका अनुसार एयरबस विमानमा सवार सबै तीन सय ६७ यात्री र चालक दलका १२ सदस्यलाई सुरक्षित निकालिएको छ ।

    यसअघि तट रक्षक विमानमा चालक दलका ६ सदस्यमा एक जना सुरक्षित रहेको र अन्य पाँच जनाको अवस्था थाहा नभएको एनएचकेले बताएको थियो । घटनाको कारण तत्काल स्पष्ट नभए पनि टेलिभिजन रिपोर्टअनुसार एयरबस तट रक्षक विमानसँग ठोक्किएको थियो । 

    सोमबार मध्य जापानमा गएको महाभूकम्पपछि उद्धार प्रयासमा सहयोगका लागि तट रक्षक विमान प्रस्थान गर्न लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार