मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बलेवा सेवा समाज जापानको सातौं अधिबेसन सम्पन्न, अध्यक्षमा महेन्द्र ढकाल चयन

गण्डकी पोष्ट पौष १७, २०८० मंगलबार
  • 207
    SHARES
  • बलेवा सेवा समाज जापानको सातौं अधिबेसन सम्पन्न, अध्यक्षमा महेन्द्र ढकाल चयन

    बलेवा सेवा समाज जापानको सातौं अधिबेसनबाट अध्यक्षमा महेन्द्र ढकाल चयन हुनुभएको छ । 
    समाजको छैठौं अधिवेशनले ढकालको नेतृत्वमा सर्वसम्मत नयाँ कार्य समिति चयन गरेको हो ।
    समितिको वरिष्ठ उपाध्यक्षमा सुरेन्द्र पौडेल प्रेम, उपाध्यक्षमा बलराम भट्ट, महिला उपाध्यक्षमा कमला लामिछाने, महासचिबमा अर्जुन लामिछाने, सचिबमा रोशन चापागॅाई, कोषाध्यक्षमा एलपी शर्मा, सह-कोषाध्यक्षमा दीपकराज पौडेल र सॅास्कृतिक सॅयोजकमा गोबिन्द पौडेल चयन हुनु भएको छ ।
    अधिवेशनले याम प्रसाद पौडेल ,सुमन पाठक , किस्मत पाठक, बिषम केसी , ईन्द्र प्रसाद रिजाल , हरि प्रसाद पाठक , मिलन पौडेल, किस्मत पाठक, शोभा ढकाललाई सदस्यमा चयन गरेको छ ।
    समाजको सल्लाहकारमा बिकास केसी ,शेषकान्त रिजाल, दिप पाठक ,सिता चापागॅाई, नेहा पाठक , राज पाठक , नवराज चापागॅाई, गोबीन्द सिंह साथै संरक्षकमा महेन्द्र पिसी, सेवक पिसी, राजु केसी, राज पौडेल, सूर्य लामिछाने र बिमल रिजाल रहनुभएको छ ।
    अधिवेशनमा महासचिव अर्जुन लामिछानेले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष महेन्द्र ढकालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
    कार्यक्रममा संरक्षक महेन्द्र पिसी, सेवक पिसी, राजु केसी अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय सदस्य दिप पाठकले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रमको अध्यक्षता बिमल रिजाल तथा महासचिव अर्जुन लामिछानेले कार्यक्रम सन्चालन र  एलपी शर्माले स्वागत मन्तव्य गर्नु भएको थियो ।
    कार्यक्रममा वरिष्ठ अतिथीको रुपमा आमन्त्रण गरिएका नेकपा एमालेका केन्द्रिय सदस्य साथै बलेवा सेवा समाज जापानका सॅस्थापक सल्लाहकार डा. सुर्य पाठकले देसको समसामयिक राजनितिक अवस्था बारेमा र सॅस्थाको प्रशॅसा देखि बिभिन्न देसमा रहेका बलेवा समाजसॅग हातेमालोको सुझाब बारेमा मन्तव्य दिनु भएको थियो । प्रमुख अतिथिको रुपमा रहनु भएका सॅस्थाका युवा सफल व्यवसायी सुर्य लामिछानेले सॅस्थाको उन्नति प्रगतिको कामना सहितको मन्तव्य दिनु भएको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार