मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए आइसीसीको सह-कोषाध्यक्षमा जापानबाट ददीवल खड्काले उम्मेद्वारी दिने 

गण्डकी पोष्ट श्रावण २६, २०८० शुक्रबार
  • 1.3K
    SHARES
  • एनआरएनए आइसीसीको सह-कोषाध्यक्षमा जापानबाट ददीवल खड्काले उम्मेद्वारी दिने 

    जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीको सह-कोषाध्यक्षमा जापानबाट ददीवल खड्काले उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।

    images

    एसिया प्यासिफिक उप-संयोजक खड्काले आगामी कार्यकाल (२०२३-०२५)को लागि आइसीसीको सह कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।
    जापानमा सफल ब्यवसायीको रूपमा परिचित सहयोगी मनका खड्काले निस्वार्थ सेवाको प्रतिबद्धतासहित उम्मेद्वारी दिने घोषणा गर्नु भएको जानकारी दिनुभयो। 

    जापानको मुख्य शहरहरुमा रेष्टुरेण्ट लगाएत व्यवसायी गरिरहनु भएका खड्काले संस्थालाई थप प्रभावकारी र गतिशिल बनाउन एनआरएनए आइसीसी सह-कोषाध्यक्ष पदमा सशक्त उम्मेद्वारी दिने जानकारी दिनुभयो ।
    एनआरएनए आइसीसी सदस्य, एसीयाको डीआरसी हुदै मोना जापानको सल्लाहकार हाल मोना आइसीसीको वरिष्ठ उपाध्यक्ष, नेपाली ब्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगाएत जापानको विभिन्न संघ-संस्थामा आवद्ध खड्काले सामाजिक कार्यको लागि जापानको नेपाली संघ-संस्थाका कार्यक्रमहरुमा सकेको सहयोग गर्दै आउनु भएका छन । 
    म्याग्दीको मध्यम परिवारमा जन्मिनु भएका खड्का ३ दशकअघिबाट जापानमा कर्मभूमि बनाई एनआरएनए मार्फत समाज, आफ्नो जन्मभुमीको सेवा गर्न र प्रवासमा छरिएर रहेका नेपालीहरुलाई साथ सहयोग गर्दै आउनु भएको छ ।

    एनआरएनएको आगामी अक्टुबर १७-१९ तारिख महाधिवेशन काठमाडौंमा हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार