मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

गत मे ४ तारिख जापानको इबाराकीमा मृत भेटिएका नेपाल पूर्व रुकुमका ३४ बर्षिय अमृत बुढा मगरको परिवारलाइ नेपाली ४,४१,७४० रुपैया प्रदान

गण्डकी पोष्ट श्रावण २१, २०८० आइतबार
  • 162
    SHARES
  • गत मे ४ तारिख जापानको इबाराकीमा मृत भेटिएका नेपाल पूर्व रुकुमका ३४ बर्षिय अमृत बुढा मगरको परिवारलाइ नेपाली ४,४१,७४० रुपैया प्रदान

    गत मे ४ तारिख जापानको इबाराकी चुकुवा सिटीमा मृत भेटिएका नेपाल पूर्व रुकुम लाबाङ्ग घर भएका ३४ बर्षिय अमृत बुढा मगरको परिवारलाइ जापानबाट संकलित रकम मध्यबाट ४ लाख ४१ हजार ७ सय ४० रुपैया आर्थिक सहयोग प्रदान गरिएको छ ।  

    images

    आफ्नै कोठामा मृत अवस्थामा भेटिएको र उक्त खबर सुन्नासाथ नेपाल मगर संघ जापान, राप्ती समाज जापान र NRNA जापानको समेत सक्रियतामा खोज खबर गरी मृतक बुढा मगरको नेपालमा परिवारको अनुमतिले जापान मै दाहसंस्कार गरी अस्तु पनि नेपाल परिवारलाई पठाइएको नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरले बताउनुभयो ।  

    नेपाल मगर संघ जापानले मगर संघको उपाध्यक्ष  प्रेम प्रकाश रोका मगरको संयोजकत्वमा राप्ती समाज जापान ,रोल्पा समाज जापानको महासचिव गुरुप्रसाद राना मगर ,रुकुमेली समाज जापान  र अभियन्ता देव पुन मगरको सहकार्यमा सवको दाहसंस्कार,अस्तु नेपाल पठाउने तथा आर्थिक संकलन र हस्तान्तरण कार्य सम्पन्न भएको बताईएको छ ।

     “यस कार्यमा बिशेष सहयोग र सहजिकरण गर्नु हुने एनआरएनए जापानका अध्यक्ष नबीन निउरे,राप्ती समाज जापानका संस्थापक अध्यक्ष बिशेस्वर रेग्मी तथा सहयोगको लागि नेपाल मगर संघ जापान संगै रोल्पा समाज जापान ,रुकुमेलि समाज जापान, डायमण्ड नारिता लगायत यस अभियानमा  सहभागि अभियन्ताहरू,बिभिन्न संघ सस्था र सहयोगी दाताहरु प्रति बिशेष आभार तथा हार्दिक धन्यवाद ब्यक्त गर्दछ” काउचा मगरले भन्नुभयो । संकलित रकमको बिवरण निम्नानुसार  रहेको बताईएको छ ।  

    १) नेपाल मगर संघ जापान= १,११,५०० ¥

    २) रोल्पा समाज जापान = ८०,००० ¥

    ३) डायमण्ड नारिता FC = ३९,००० ¥

    ४) रुकुमेली समाज जापान= ६४,६११ ¥

    ५) राप्ती समाज जापान= १,५९,००० ¥

    ६) मृतकको बैंक खाताको  ब्यालेन्स = ३५,००० ¥

             जम्मा = ४,८९,१११ ¥

    अस्तु नेपाल पठाउदा लागेको खर्च = १०,००० ¥

    टोटल नेपाल पठाएको = ४,७९,१११ ¥

    नेपाली रू ४,४१,७४०  मृतकको आमा को खातामा नेपाल पठाईएको जानकारी गराउन चाहन्छौ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार