मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापान नयाँ पदाधिकारी चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिगं तरिका सहित)

गण्डकी पोष्ट श्रावण १३, २०८० शनिबार
  • 1.3K
    SHARES
  • एनआरएनए जापान नयाँ पदाधिकारी चयनका लागि आईतबार निर्वाचन हुदै (अनलाईन भोटिगं तरिका सहित)

    गैरआवासीय नेपाली संघ एनआरएनए जापान नयाँ कार्यसमिति २०२३-२५ चयनका लागि आईतबार अनलाईन भोटिंग मार्फत निर्वाचन हुदैछ।  

    images

    निर्वाचन समिति संयोजक डम्बरराज पौडेलका अनुसार अनलाईन भोटिङ्गका लागि सबै तयारी पुरा भएको छ। 
    अनलाईन भोटिगं प्रणाली “भेरो भोटिङ्ग प्रणाली” मार्फत पहिलो पटक हुन लागेको निर्वाचनमा फेस भेरिफिकेशनबाट मतदाताले आफ्नो मतदान प्रयोग गर्न पाउने छन् । एनआरएनए जापानले निर्धारित समयमा तोकिएको मापदण्ड पुरागरि प्रमाणीत भएका ७१६८ जनाले विभिन्न पदका २२ जनालाई चयन गर्ने छन्।
    अमेरिका अस्ट्रेलिया लागायतका देशमा सफलता पुर्बक प्रयोग भईसकेको भेरो भोटिङ्ग प्रणालीमा सबै भन्दा धेरै सहभागिता जनाएकोले यसपटक जापानमा समेत यसले राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
    बिहान १० बजे बाट सुरु हुन गईरहेको निर्वाचन बेलुका ७ बजे समापन हुनेछ भने लगतै परिणाम सार्वजनिक गरिने निर्वाचन समितिका संयोजक पौडेलले जानकारी दिनु भयो।

    यसरी गर्नुहोस् भोट (लिंक सहित)

    https://vimeo.com/846520569

     

     

  • सम्बन्धित विषय:

  • # NRNA_JAPAN
  • प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार