गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्(आईसीसी)को सदस्य पदमा जापानबाट ब्यवसायी विकास श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
जनजाती महासंघ जापानका वर्तमान उपाध्यक्ष , कास्की पोखरा समाज जापानका पुर्वअध्यक्ष जापानमा क्रियाशील विभिन्न संघ सस्था मा आबद्ध रहनुभएका श्रेष्ठले आगामी कार्यकाल (२०२३-२०२५)का लागि जापानबाट एनआरएनए आइसीसीको आगामी सदस्यमा उम्मेदवारी दिनुभएको हो ।
“न कुनै जातीय, न क्षेत्रीय, न छु म कुनै राजनैतीक छत्रछायामा सधै नेपाल र नेपालीको लागी एक कदम अगाडी अनुभव र अनुभुती समेट्दै, ICC सदस्यमा मेरो उम्मेदवारी” भन्ने उद्घोषका साथ उम्मेदवारी दिनुभएको छ ।
एनआरएनए जापानको ११ औँ महाधिवेशन यहि आउँदो जुलाई २९ तारिख तथा निर्वाचन जुलाई ३० तारिखलाई तय गरिएको छ।

(2).gif)
