विश्वमा कुन देशको राहदानी सबैभन्दा शक्तिशाली र कुन देशको राहदानी सबैभन्दा कमजोर रहेको प्रस्तुत गर्दै सन् २०२३ को राहदानी (पासपोर्ट) को र्याङ्किङ सार्वजनिक भएको छ ।
जापानलाई पछी पार्दै सन् २०२३ का लागि सार्वजनिक राहदानीको र्याङ्किङ अनुसार सिंगापुरको पासपोर्ट सबैभन्दा शक्तिशाली घोषित भएको छ । लगातार तीन वर्ष शीर्ष स्थानमा रहेको जापानलाई उछिन्दै सिंगापुरको पासपोर्ट हेनले पासपोर्ट इन्डेक्सको शीर्ष स्थान ओगट्न सफल भएको हो ।
संसारमा सबैभन्दा बलियो १० पासपोर्टहरु
१. सिंगापुर
२. जर्मनी, इटाली र स्पेन
३. अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जमबर्ग, दक्षिण कोरिया, स्वीडेन र जापान
४. डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड, युनाइटेड किंगडम
५. चेक रिपब्लिक, माल्टा, न्यूजील्याण्ड, नर्वे, पोर्चुगल, स्विट्जरल्याण्ड
६.अस्ट्रेलिया, हंगेरी, पोल्याण्ड
७.ग्रीस, क्यानडा
८. लिथुआनिया, संयुक्त राज्य अमेरिका
९. लाटभिया, स्लोभाकिया, स्लोभेनिया
१०. आइसल्याण्ड, इस्टोनिया
कुनै पनि देशका नागरिकले प्राप्त गर्ने भिसा बिना र आवश्यकताका आधारमा भिसा प्राप्त सक्ने क्षमताका आधारमा विश्वमा यात्रा गर्न पाउने स्वतन्त्रताको मापन गरी यो सूची तयार गरिन्छ ।
उक्त पासपोर्ट र्याङ्किङ अनुसार यदि कुनै यात्रीसँग सिंगापुर पासपोर्ट छ भने, उसले बिना कुनै झन्झट १९२ देशहरूमा प्रवेश गर्न सक्छ। सिंगापुरको पासपोर्ट लिएर यात्रा गर्ने यात्रुले पहिल्यै भिसा नलिइ गएर सम्बन्धित देशमा पुगिसकेपछि मात्रै अन अराइभल भिसा लिन सक्ने सुविधा पाएका छन्। अब सिंगापुरका नागरिकले विश्वका २२७ स्थानमध्ये १९२ गन्तव्यमा बिना भिसा यात्रा गर्न पाउने छन् ।
यस्तै, जर्मनी, इटाली र स्पेनको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको दोस्रो स्थानमा रहेको छ । यी देशका राहदानी भएका व्यक्तिहरूले पूर्व भिसा बिना नै १९० देशहरू मा प्रवेश वा यात्रा गर्न सक्छन्।
त्यसैगरी अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, लक्जमबर्ग, दक्षिण कोरिया, स्वीडेन र जापानको पासपोर्ट विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको तेस्रो स्थानमा छन् । यो देशका नागरिकले पूर्व भिसा बिना १८९ देशको यात्रा गर्न सक्छन् ।
यस्तै, डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड, युनाइटेड किंगडम चौथो स्थानमा छ भने चेक रिपब्लिक, माल्टा, न्यूजील्याण्ड, नर्वे, पोर्चुगल, स्विट्जरल्याण्ड पाचौँ स्थानमा छ यी सम्पूर्ण राष्ट्रका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना क्रमशः १८८ र १८७ देशहरूमा यात्रा गर्न सक्छ ।
अस्ट्रेलिया, हंगेरी, पोल्याण्ड छैँटो, ग्रीस र क्यानडा सातौ र लिथुआनिया, संयुक्त राज्य अमेरिका आठौँ स्थानमा छ । यी सात देशका पासपोर्ट धारकहरुले पूर्व भिसा बिना नै क्रमशः १८६, १८५ र १८४ देशरुमा यात्रा तथा भ्रमण गर्न सक्छन् ।
यस्तै विश्वका शक्तिशाली पासपोर्ट भएका दश देशमध्ये नवौँ र दसौँ स्थानमा क्रमशः लाटभिया, स्लोभाकिया, स्लोभेनिया र आइसल्याण्ड, इस्टोनिया रहेको छ । यी दुइ देशका नागरीकले भने पूर्व भिसा बिना नै क्रमशः १८३ र १८२ देशका भ्रमण गर्न सक्छन् ।
दक्षिण एसियाली मुलुकहरूमा माल्दिभ्स ५७ औँ स्थानमा रहेको छ । भारत ८० औँ स्थानमा छ भने भुटान ८४ औँ स्थानमा रहेको छ । श्रीलंका र बंगलादेश क्रमशः ९५ र ९६ औँ स्थानमा छन् ।
शक्तिशाली पासपोर्टको सूचीमा नेपालको हालत भने दयनीय छ। अमेरिकासहित पश्चिमी देशले कैयौं प्रतिबन्ध लगाएको देश उत्तर कोरियाको पासपोर्ट समेत नेपालको भन्दा शक्तिशाली छ।
नेपाल उक्त सुचीको ९८ औँ स्थानमा सीमित रहेको छ । नेपाली पासपोर्ट धारकहरुले पहिल्यै भिसा नलिइ ३८ वटा देशमा मात्र बिना भिसा वा मागअनुसार सजिलै भिसा प्राप्त गर्न सक्छन् । नेपालभन्दा तल पाकिस्तान १ सयौँ र अफगानिस्तान पुछारमा १०३ औँ स्थानमा छ ।
सार्वजनिक गरेको उक्त पासपोर्टको र्याङ्किङ अनुसार सबैभन्दा कमजोर पासपोर्ट अफगानिस्तानको छ जहाँका पासपोर्ट धारकलाई बिना भिसा २७ देशको मात्र यात्राको अनुमति छ।
(2).gif)
