टोकियो / जापान
चितवन समाज जापान द्वारा ओसाकामा मृत्यु भएकी आरती खनालको छानबिनको हुनुपर्ने भन्दैँ नेपाली दुताबासमा मंगलवार ज्ञापनपत्र बुझाईएको छ। ज्ञापनपत्र बुझाउन नेपाली राजदूतावास टोकियो गरए राजदूत डा दुर्गावहादुर सुवेदीलाई ज्ञापनपत्र बुझाइएको हो । ज्ञापनपत्र बुझाउन राजदूतावास जानेहरुका हालैं नेपालबाट जापान आएका चितवन सेवा समाज अन्तर्राष्ट्रिय कमिटिका अध्यक्ष समिर खत्री सहित चितवन समाज जापानका अध्यक्ष ईश्वरीप्रसाद कँडेल, निर्वतमान अध्यक्ष राजनकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष टंक गैरे, उपाध्यक्ष अनिल पौडेल र प्रदिप खरेल कार्य समिति सदस्य युवराज ढकाल, एनआरएनए एशिया प्यासिफिक (DRC)दिपक कँडेल लगाएत रहेका थिए।
ज्ञापान पत्रमा स्थायी घर चितवनको भरतपुर महानगर पालिका वर्डा नं -१२ भएकी आरती खनाल जापानबाट हराए पछि तपाईले यस घटनालाई दिनु भएको चासो र खोजी कार्यमा तपाईको कृयाशिलता प्रति चितवन समाज जापान तपाई र नेपाली राजदूताबास , टोकियो जापान प्रति हृदयदेखि कृतज्ञता व्यक्त गर्दछौं । हामीहरु पनि त्यस घटना प्रति गम्भिर हुँदै नेपाली राजदूताबास , एनआरएनए , जापान लगाएतका नेपाली संघ संस्थाहरु खोजि कार्यमा सम्बन्धित निकायलाई सहजिकरण गर्दै आई रह्यौं । चितवन समाज जापानको हालै सम्पन्न चौंथो अधिवेशन पछि हाम्रो नयाँ बनेको कार्यसमिति हरेक सामाजिक गतिविधीमा नेपाली राजदूताबास लगाएत संघ - संस्था संग हातेमालो गर्दै अघि बढ्न हामी सधै तयार छौं भनिएको छ।
मे ८ तारिक समुद्रको किनारामा जापनिज प्रहरीले फेला परेको शव चितवनकी आरती खनालको नै रहेको पुष्टि भएको छ । मे २२ तारिक सोमबार ओसाका प्रहरीले त्यस्को जानकारी गराएको हो। प्राप्त जानकारी अनुसार शवको अस्पतालद्वारा डीएनए परिक्षण गरिएको र रिपोर्टबाट बेपत्ता रहेकी खनालको नै शव रहेको पुष्टि भएको हो।
उक्त घटनालाई आरतीको परिवारले हत्या भनिरहेको अबस्था छ। घटना कस्ले घटाएको हो ? बास्तविकता के हो ? भन्ने बारेमा जापनिज प्रहरी लगाएत सम्बन्धित निकायमा यस अघि आरतीको खोजी कार्यमा जस्तै तपाई र नेपाली राजदूताबास, टोकियो , जापानको कृयाशिलता हुने अपेक्षा सहित यो ज्ञापन पत्र पेश गर्दछौं। यस घटनामा आवश्यक छानबिनमा सहजिकरण गर्न र हरेक सहयोग गर्न चितवन समाज ,जापान हरदम तत्पर रहेको जानकारी समेत गराउँदछौं । साथै मृतक आरती खनाल प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना समेत प्रकट गर्दछौं ज्ञापन पत्रमा भनिएको छ।
ज्ञापन पत्र बुझ्दैँ जापानका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदीले आरतीको खोजी कार्यमा नेपाली संघ - संस्थाहरुबाट पाएको सहयोगको सह्नाना गर्दै भविश्यमा पनि सबै मिलेर अघि बढ्न आफु तयार रहेको धारणा राखे। यो दुःखद घटना हामीले व्यहोर्न परेको छ, यस घटनाको सत्य तथ्य पत्ता लगाउन सम्बन्धीत निकाय संग समन्वय गर्दै आफु र राजदूतावासबाट कुनै कसर बाँकी नरहने डा सुबेदीको भनाई छ।



(2).gif)
