मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानले खुलाएको सदस्यताको लागि बिधानले निर्दिष्ट गरेका जापानबाशि नेपालीहरुलाई आवेदन दिनुहुन आग्रह

गण्डकी पोष्ट माघ २४, २०७९ मंगलबार
  • 357
    SHARES
  • एनआरएनए जापानले खुलाएको सदस्यताको लागि बिधानले निर्दिष्ट गरेका जापानबाशि नेपालीहरुलाई आवेदन दिनुहुन आग्रह

    एनआरएनए जापानले MIS सिस्टम अन्तर्गत सदस्यता आह्वान तथा आवेदन खुल्ला गरेको छ ।

    images

    एनआरएनएले आईतवार टोकियोमा पत्रकार सम्मेलन गर्दै जनवरी १६ बाट खुलेको आबेदन दिने समय मे ५ तारिख सम्म खुल्ला गरिएको जनाएको छ ।  

    एनआरएनए सदस्यता लिनको लागि विद्यार्थी , १८ बर्ष नपुगेका र १८० दिन नपुगेका ब्यक्तीहरु बाहेकका अन्य बिदेशमा बसोबास गर्ने नेपालीले आवेदन दिन सक्ने अध्यक्ष शिव प्रसाद पौडेलले बताउनुभयो । 

    SMART NRNA एप्सलाई डाउनलोड गरि सदस्यताको लागि आवेदन दिन सकिने बताईएको छ ।

    आवेदन दिनको लागि भिषा अवधी रहेको जाईरियो कार्डको फोटो, NRNA जापानले तोकेको एक हजार येन जम्मा गरेको स्लिपको फोटो,  एउटा खाताबाट NRNA जापानको जेपी बैंकमा रहेको खाता नं. 10930-13431561

    シャ)エナレン ジャパンカイガイザイジュウネパールシンキョ様。 मा  दुई जनासम्मको शुल्क जम्मा गर्न सकिने महासचिब सिद्धार्थ श्रेष्ठले बताउनुभयो ।  

    नेपाली मुलका जापानिज नागरिकहरूले जाईरियो कार्डको ठाऊमा भने पासपोर्टको फ़ोटो भएको पेज अपलोड गर्नु पर्ने पनि महासचिब श्रेष्ठले बताउनुभयो ।  

    सदस्यता प्रमाणिकरणको लागि राजेन्द्र श्रेष्ठ संयोजक तथा चित्र गुरुङ र भुम गैरे सदस्य रहेको सदस्यता प्रमाणिकरण समिती पनि बनाईएको जानकारी दिईएको थियो ।  

    त्यस्तै नारी दिवसको अवसरमा यही फेब्रुअरी १९ तारिख आयोजना हुन लागेको निशुल्क स्वास्थ्य शिविरको बारेमा उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता अधिकारी सुबेदीले जानकारी गराउनुभएको थियो । भने सचिब एलिजा केसिले आशागयाको एभरेष्ट  इन्टरनेश्नल स्कुलमा हुने शिबिरमा उपलब्ध सेवाहरुको बारेमा जानकारी दिनुभएको थियो ।  

    धेरै भन्दा धेरै जापानबाशि नेपालीलाई एनआरएनए सदस्यता बितरण गर्ने उद्धेश्य सहित चालिएको अभियान मार्फत आबेदन गर्न थप सहजता होस् भनेर भिडियो समेत  तयार गरिएको र उक्त भिडियो यहाँ पनि राखिएको जानकारी पनि गराउँदछौ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार