मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

नेपाली जनप्रगतिशील मञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा तोचिगीमा हुने

गण्डकी पोष्ट माघ २१, २०७९ शनिबार
  • 182
    SHARES
  • नेपाली जनप्रगतिशील मञ्च जापानको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा तोचिगीमा हुने

    नेपाली जनप्रगतिशील मञ्च जापान (一般社団法人NPPF JAPAN) को वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम फेब्रुअरी २६ मा हुने भएको छ । 

    images

    “प्रवासी नेपाली जन जनको आह्वान, प्रवासमा आर्जेको ज्ञान,सीप र पूँजीको उचित सम्मान” भन्ने मूल नाराका साथ जापानको तोचिगीमा नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति सह इन्चार्ज लक्ष्मण पन्त 

    नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा प्रवास समन्वय समिति अध्यक्ष ओम शर्मा र नेकपा माओवादी केन्द्र पोलिटब्यूरो सदस्य तथा वाइसीयल इन्चार्ज राम प्रसाद सापकोटा दिपशिखाको उपस्थितिमा सो कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष भवानी पन्तले जानकारी दिए । 

    जापानमा क्रियाशील विभिन्न संघ सस्थाहरू मध्यमा आफ्नो छुट्टाई पहिचान कायम गरेको मञ्चले वार्षिक रूपमा गरेका गरिविधिको समिक्षा र आगामी वर्षका कार्यक्रमको व्यापक छलफल पछि योजना तर्जुमा गर्नका लागि वार्षिक साधारण सभाको आयोजना गरिन लागिएको महासचिव बाबुराम पौडेलले बताए । 

    महासचिव पौडेलका अनुसार साधारण सभालाई नीतिगत रूपमा छलफलको फोरम बनाउने गरि काम भैरहेको यसका लागि मञ्चको विधान,कार्यविधि लगायतमा परिमार्जनका लागि मस्यौदा समिति बनाएर कार्य भैरहेको बताए । 

    कार्यक्रममा नेपालदेखि आउने राजनैतिक तथा प्रवाससंग सम्बन्धित नेतृत्वको उपस्थितमा प्रवासी नेपालीहरूले प्रवासमा रहेर आर्जेको ज्ञान,सीप र पूँजीलाई नेपालको विकास र संवृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने विषय र प्रवासमा रहेका श्रमिकका लागि नेपालमा रहेका सरोकारवाला निकायको भूमिकालाई जवाफदेही बनाउने विषयमा केन्द्रित रहेर अन्तरक्रिया गरिने मञ्चले जनाएको छ । 

    मञ्चले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई अझ प्रगाढ़ र सुमधुर बनाउनका लागि देशको पूर्व प्रधानमन्त्री तथा उच्च राजनैतिक नेतृत्वको भ्रमण गराउने र प्रवासमा रहेका नेपाली समुदायको हक़हित, सुरक्षा र उनीहरूको अधिकारका बारेमा आफ्ना गतिविधिहरू केन्द्रित गरिरहेको मञ्चका कोषाध्यक्ष भुवन हुमागाईले बताए । 

    उनका अनुसार जापानमा रहेका अप्ठ्यारो र समस्यामा परेका नेपालीहरूलाई सबैसंगको समन्वयमा मानवीय तथा आर्थिक सहयोगका लागि समेत अग्रस्थानमा रहेर काम गरिरहेको छ ।

     

    मञ्चको आमन्त्रणमा गत सेप्टेम्बरमा जापान भ्रमणमा रहेका पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको अन्तरक्रिया कार्यक्रममा उठाएका जापानमा रहेका नेपालीलाई राहदानी लगायत दूतावासबाट प्रदान गरिने सेवालाई जनमुखी सहज र पहुँच योग्य गराइन गरेको आग्रह बमोजिम हाल दूतावासले घुम्ती सेवा संचालन गरेकोमा अध्यक्ष पन्तले खुशी व्यक्त गरे ।  

     

    मञ्चको वार्षिक साधारण सभा तथा अन्तरक्रिया कार्यक्रम 1-8 Honcho, Utsunomiya, Tochigi 320-0033 हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार