मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

पर्वत समाज जापानले फुकुओकामा क्षेत्रिय समिति गठन गर्दै

गण्डकी पोष्ट माघ १६, २०७९ सोमबार
  • 187
    SHARES
  • पर्वत समाज जापानले फुकुओकामा क्षेत्रिय समिति गठन गर्दै

    फुकुओका, जापान ।
    जापानमा रहेका नेपाल पर्वत जिल्लावासीहरुको साझा संस्था पर्वत समाज जापानले फुकुओकामा आफ्नो क्षेत्रिय समिति गठन गर्ने भएको छ ।

    images

    पर्वत समाजले फेब्रुवरी १ तारिख फुकुओकामा आफ्नो पहिलो क्षेत्रिय समिति विस्तारको लागि भेला आयोजना गरेको समाजका अध्यक्ष सुभाष लामिछानेले जानकारी दिनुभयो ।

    'जापानमा रहेका जिल्लावासी र जिल्लाको समग्र बिकास, हकहित र आपसि हितमा थप एकताबद्ध बनेर अघि बढ्न क्षेत्रिय समिति विस्तार गर्न लागेका हौं' पर्वत समाज जापानका अध्यक्ष लामिछानेले भन्नुभयो 'फुकुओकामा रहनुभएका धेरै पर्वतवासीहरुको अनुरोध पछि पहिलो क्षेत्रिय समिति गठन गर्न लागेका छौं, फुकुओकामा रहनुभएका सबै पर्वतवासीहरुलाई उपस्थित भइदिनुहुन अनुरोध गर्दछौं ।'

    जापानमा रोजगार, व्यवसाय, अध्ययन लगायत विभिन्न पेशा र व्यवसायमा आवद्ध पर्वत जिल्ला घर भएकाहरुको साझा संस्थाको रुपमा रहेको पर्वत समाज जापानले जापानमा खेलकुद, समाजसेवा, बिपदमा सहयोग, जिल्लाको शैक्षिक तथा विभिन्न प्राकृतिक विपद एवं मानविय समस्याहरुमा सहयोग गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार