बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

बाग्लुङ तेक्वान्दो संघद्वारा पूर्व प्रशिक्षक तथा एनआरएनए जापानका महासचिव समेत रहनुभएका सिद्धार्थ श्रेष्ठलाई सम्मान

गण्डकी पोष्ट पौष ११, २०७९ सोमबार
  • 343
    SHARES
  • बाग्लुङ  तेक्वान्दो संघद्वारा पूर्व प्रशिक्षक तथा एनआरएनए जापानका महासचिव समेत रहनुभएका सिद्धार्थ श्रेष्ठलाई सम्मान

    बाग्लुङ तेक्वान्दो संघद्वारा पूर्व प्रशिक्षक तथा एनआरएनए जापानका महासचिव समेत रहनुभएका सिद्धार्थ श्रेष्ठलाई सम्मान गरेको छ ।

    images

    जापानमा रहनुभएका पूर्व खेलाडी तथा प्रशिक्षक श्रेष्ठलाई जिल्लामा रहँदा खेल क्षेत्रमा पुर्‍याएको योगदानको स्मरणमा सम्मान तथा स्वागत गरिएको हो ।

    सम्मान ग्रहण पछि पूर्व प्रशिक्षक समेत रहनुभएका श्रेष्ठले आफु जहाँ रहे पनि आफ्नो देश, खेल क्षेत्र र जिल्लालाई सधै माया गरेको बताउनुभएको थियो । एनआरएनए जापानका महासचिव समेत रहेका श्रेष्ठले तेक्वान्दो खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरका खेल खेलाउन आफुले सक्दो पहल गर्ने बताउनुभयो । उहाँले आगामी वर्ष बाग्लुङमा राष्ट्रिय खेल आयोजना गर्न पहल गर्ने बताउनुभयो ।

    सम्मान कार्यक्रम तेक्वान्दो संघ बाग्लुङका अध्यक्ष कर्ण बोहराको अध्यक्षता प्रशिक्षक प्रशु नारायण बोहराको स्वागत तथा सचिव नन्दु विष्टको सञ्चालनमा सम्पन्न भएको थियो ।

    बाग्लुङ जिल्लामा झन्डै २०० खेलडीलाई प्रशिक्षण गर्न सक्ने क्षमताको कवर्ड हल निर्माण गर्नको लागि जापानबाट आर्थिक सहयोग अभियान चलाई सुरूवात गरिएको थियो। यस अभियानलाई जापानका नेपालीहरुले सहयोग संकलन गरेर तेक्वान्डोका सिनियर खेलाडी एवं एनआरएनए जापानका बर्तमान महासचिब सिद्धार्थ श्रेष्ठले पत्रकार सम्मेलन गरेर जापानी १२ लाख ७५ हजार ८५७ येनको नेपाली रू १० लाख ६० हजार २६९ हस्तान्तरण गर्नु भएको थियो।

     

    निमार्णधिनमा रहदा नै नेपालमा गएको भुकम्पमा जमिन भासिदा पुर्ण रूपमा क्षतिग्रस्त भएको थियो। जमिन भासिएकोले  मापदण्ड अनुसार तत्काल त्यस्तो  जमिनमा पुर्ण निर्माण गर्न समय अबधी पनि तोकिएकोले काममा केही ढिला हुन गएको थियो। 

    अहिले भने लगभग ९०% काम सम्पन्न भएको र नियमित खेलाडीहरूले प्रशिक्षण गर्नुका साथै नबौ राष्ट्रिय खेल र राष्ट्रपति कप पनि सम्पन्न गरिएको श्रेष्ठले जानकारी गराउनु भयो। 

      अझ पनि निरन्तर बिभिन्न माध्यमबाट सहयोग आउनेक्रम जारी भएकोले एउटा राष्ट्रिय स्तरीरको खेल गरेर हलको उद्घाटन गर्ने र हल निर्माण कार्यमा भएको खर्च लागत पनि सार्वजनिक गर्ने तयारी रहेको र सम्पुर्ण सहयोगीदाताको शिलालेख संगै ठुलो धन राशी सहयोग गर्नुहुने सहयोगी दाताको फ़ोटो नै राखिने प्रशि़क्षक प्रशु नारायण बोहराले बताउनुभयो।

    undefinedundefinedundefinedundefined

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार