पर्यटकिय राजधानिका रुपमा परिचय पोखरा तथा समग्र कास्की जिल्लाबाट बिभिन्न पेशा ब्यवसाय गर्दै जापानमा बस्ने कस्केलीहरुको छाता संस्था कास्की पोखरा समाज जापान( KPS )को पाँचौ अधिनेशन सर्वसम्मत रुपमा नेतृत्व चयन गर्दै सम्पन्न भएको छ।
टोकियोमा आइतबार सम्पन्न अधिवेशनबाट सन्देश अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसहमत चयन भएको छ ।
सन २०१४ मा स्थापना भएको कास्की पोखरा समाज जापानको कार्यसमितिका सदस्यहरुको संयुक्त बैठकबाट सर्वसम्मत रुपमा हाल २३ सदस्य कार्यसमितीको रहने र २जना पछि मनोनित हुनेगरि नयाँ कार्यसमिति गठन भएको हो ।
समाजको बरिष्ठ उपाध्यक्षमा अन्जु भण्डारी, उपाध्यक्षहरुमा सूरेश लामिछाने, कमल वास्तोला,बिशु भण्डारी, राजु पौड़ेल दीपक सुनार, मनोज तिवारी, भूपेन्द्र पराजुली, महासचिबमा सरोज कार्की, सचिबमा जिवन पोखरेल, कोषाध्यक्षमा तोया नाथ ढकाल र सह-कोषाध्यक्षमा सूर्य कडेल चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरुमा क्रमश प्रेम दाहाल बिष्णुबस्नेत, तारा नाथ बराल, कुल प्रसाद बस्तोला, कुमार सापक़ोटा, बिजय गुरुङ, रमेश दाहाल, प्रताप सुवेदी र प्रदिप सापकोटा चयन हुनुभएको जनाईएको छ ।
अधिबेशन भब्य र बिबादरहित रुपमा सम्पन्न गराउन बिकास पौड़ेलको संयोजकत्वमा शिव प्रसाद पौडेल, बिकास श्रेष्ठ, मोहन पौडेल र जय प्रकाश पण्डित सदस्य रहेको ५ सदस्यीय निर्वाचन मण्डल बनाइएको थियो ।
कास्की पोखरा समाज जापानका अध्यक्ष बिश्व सुवेदीको अध्यक्षतामा र औपाचारिक रुपमा सम्पन्न अधिबेशनको कार्यक्रम संचालन महासचिव बिशु भण्डारीले गर्नुभएको थियो ।


(2).gif)
