बुधबार, भाद्र ३१ गते २०८३ Wednesday, 16 Sep, 2026
Follow Us on

३६ वर्षपछि अर्जेन्टिनाले उचाल्यो विश्वकपको उपाधि

गण्डकी पोष्ट पौष ४, २०७९ सोमबार
  • 325
    SHARES
  • ३६ वर्षपछि अर्जेन्टिनाले उचाल्यो विश्वकपको उपाधि

    फिफा विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । फाइनल खेलमा फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको  हो । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक  खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्व विजेता बनेको हो 
     
    खेलमा अर्जेन्टिनाले २–० र ३–२ को अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट २–२ गोल भएको थियो । त्यसपछिको अतिरिक्त समयमा दुवै टिमले १–१ गोल थपेका थिए । 

    images

    अर्जेन्टिनाले यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो । लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले ३६ वर्षपछि तेस्रो विश्वकप उपाधि उचालेको हो । 

     

    अर्जेन्टिनाको लागि पहिलो हाफमा कप्तान लियोनेल मेस्सी र एन्जल डि मारियाले गोल गरेका थिए । दोस्रो हाफमा फ्रान्सका एमबाप्पेले दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि खेल बराबरीमा आएको थियो । 

    निर्धारित ९० मिनेट २(२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो । मेस्सीले अतिरिक्त समयमा अर्जेन्टिनालाई अग्रता दिलाएपनि एमबाप्पेले पेनाल्टीमा गोल गर्दै खेल पुन बराबर गरे । 

    पेनाल्टी सुटआउटमा किलीयन एमबाप्पेले फ्रान्सका लागि पहिलो गोल गरे । लगत्तै मेस्सीले पनि गोल गरे । किंग्सले कोमानले गरेको फ्रान्सको दोस्रो प्रहार  अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले बचाए । लगत्तै पाउलो डिबालाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । 

    फ्रान्सका औरेलिएन चुआमेनीले बाहिर प्रहार गरेपछि अर्जेन्टिनाका लिआन्द्रो पारेडेसले गोल गर्दै अर्जेन्टिनालाई २ गोलले अघि बनाए ।  फ्रान्सका कोलो मुआनीले चौथो प्रहारमा गोल गरेपनि गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार