मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई कार्यक्रम गर्ने

गण्डकी पोष्ट मंसिर २९, २०७९ बिहीबार
  • 391
    SHARES
  • एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई कार्यक्रम गर्ने

    एनआरएनए जापानले अंग्रेजी नयाँबर्ष २०२३ को अवसरमा शुभकामना आदान -प्रदान तथा बोनेन खाई(忘年会)कार्यक्रम गर्नेभएको छ ।  

    images

    यही डिसेम्बर २६ तारिख साँझ ५ः३० बजेबाट जापानको राजधानी टोकियोको सिन्जुकु स्थित प्रिंच होटेलमा गरिने तय भएको  एनआरएनए जापानका प्रवक्ता सुभास लामिछानेले जानकारी दिनुभयो । 

    कार्यक्रममा,एनआरएनए जापानले एक वर्षभरी गरेका कामको जानकारी र आउदै गरेको नयाँ वर्ष सन २०२३ को शुभकामना आदान प्रदान साथै विभिन्न नेपाली सास्कृतिक कार्यक्रमबाट भरपुर मनोरंजन प्रदान गरिने जनाईएको छ ।  कार्यक्रममा सहभागीहरुलाई नेपालीपन झल्किने औपचारिक पोशाकमा उपस्थित भईदिनका लागि पनि अनुरोध गरिएको छ ।

     

    कार्क्रममा सहभागी हुन चाहने ब्यक्तिहरुले २३ तारिक भित्र आफ्नो नाम टिपाईसक्नुपर्ने बताईएको छ । थप जानकारीका लागि । सुभाष लामिछाने (प्रबक्ता): 08041336105 (suvash830@gmail.com )मनोज श्रेष्ठ (सदस्य): 08037342841 ( Shresthamanoz0@gmail.com ) लाई सम्पर्क गर्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार