मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

कास्की पोखरा समाज जापानले डिसेम्बर १८ तारिख आईतवार पाँचौ अधिबेशन गर्दै, अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने

गण्डकी पोष्ट मंसिर ९, २०७९ शुक्रबार
  • 207
    SHARES
  • कास्की पोखरा समाज जापानले डिसेम्बर १८ तारिख आईतवार पाँचौ अधिबेशन गर्दै, अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने

    पर्यटकिय राजधानिका रुपमा परिचय पोखरा तथा समग्र कास्की जिल्लाबाट बिभिन्न पेशा ब्यवसाय गर्दै जापानमा बस्ने कास्केली हरुको छाता संस्था कास्की पोखरा समाज जापान( KPS )को पाँचौ अधिनेशन हुने भएको छ।

    images

    जापानमा रहेका सक्रिय संघ संस्थाहरु मध्येको एक कास्की पोखरा समाज जापानको यही डिसेम्बर १८ तारिख आईतवार टोकियोको शिनओकुबोमा रहेको सोलमारी रेस्टुरेन्टको मुरा हलमा दिनको २ बजेबाट कार्यक्रम गर्नलागिएको महासचिब बिष्णु भण्डारी ( बिसु )ले जानकारी दिनुभयो ।  

    अधिबेशनले २ बर्षका लागी नयाँ नेतृत्व चयन गर्ने गरी तयारी गरिएको अध्यक्ष बिष्णु प्रसाद सुबेदी ( बिश्व )ले  जानकारी दिनुभयो ।

    अधिबेशका लागि कास्कीआदर्श समाज अन्तराष्ट्रिय समन्वय परिषद नेपालका उपाध्यक्ष विकास पौडेलको संयोजकत्वमा कास्की पोखरा समाज जापानका संस्थापक अध्यक्ष जेपि पन्डित,पूर्व अध्यक्ष शिव प्रसाद पौडेल, निवर्तमान अध्यक्ष विकास श्रेष्ठ र सल्लाहकार मोहन पौडेल रहेको निर्वाचन समिति बनाईएको प्रवक्ता दिपक सुनारले जानकारी दिनुभयो ।

    जापानमा बसोबास गर्ने सबै कास्केलीहरुलाई अधिवेशनमा सहभागि भईदिनुहुनका लागि समाजले अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार