टोकियो,जापान ।
नेपाल पत्रकार महासंघ जापान शाखाको पाचौं अधिबेशन आईतवार टोकियोमा सम्पन्न भएको छ ।अधिवेशनबाट शान्त पहरीको अध्यक्षतामा १५ सदस्यिय कार्यसमिती मध्यबाट एक सदस्य पछी मनोनित गर्नेगरी १४ सदस्य निर्वाचित भएका हुन् ।
खुला उपाध्यक्षमा रविन्द्र गोर्खाली तथा महिला उपाध्यक्षमा इन्दिरा खनाल निर्वाचित भएका छन् ।
सचिवमा राजन गौतम निर्विरोध चयन भएका छन् । भने खुल्ला सह-सचिवमा विश्वास आचार्य र समावेशी स-हसचिवमा सजिना मोक्तान निर्बिरोध निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा अर्जुन लामिछाने चयन भएका छन् ।
सदस्यहरुमा क्रमश बिष्णु सापकोटा,लक्ष्मि पौडेल कृष्णप्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, दुबल सिंह गुरुङ(प्रमेश) र फुर्वा शेर्पा चयन भएका छन् ।
त्यस्तै केन्द्रीय परिषद् सदस्यमा राजविन थापा र मनिषा चम्लागाई सर्वसम्मत चयन भएका छन् । अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रोशन पुरीले गरेका थिए ।

(2).gif)
