मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

निलुवा समाज जापानद्वारा गलकोट चमुवाकी ब्रेन ट्युमर पीडित रेजिना नेपालीलाई आर्थिक सहयोग

गण्डकी पोष्ट आश्विन २८, २०७९ शुक्रबार
  • 486
    SHARES
  • निलुवा समाज जापानद्वारा गलकोट चमुवाकी ब्रेन ट्युमर पीडित रेजिना नेपालीलाई आर्थिक सहयोग

    निलुवा समाज जापानले बाग्लुङ जिल्ला गलकोट नगरपालिका ४ चमुवा भयरखर्क निवासी ब्रेन ट्युमर पीडित रेजिना नेपालीलाई आर्थिक रकम सहयोग गरेको छ ।

    images

     

    गलकोट नगरपालिका वडा नम्वर ४ भयरखर्क निवासी राजु नेपालीको छोरी रेजिना नेपाली बिगत ५ महिना देखि ब्रेन ट्युमर रोगबाट पिडित भै उपचार गराइरहेको र उपचार गर्दा धेरै रकम लाग्ने र परिवारको समेत आर्थिक अवस्था कमजोर रहेका कारण उपचारमा सहयोग होस भन्ने उदेश्यले जापानमा स्थापना गरिएको सामाजिक सस्था निलुवा समाज जापानले नगद रु ५५ हजार रुपैयाँ पीडित कै घरमा गई निलुवा समाज चमुवा जापानका प्रवत्ता दिपक सुवेदी विप्लव, निलुवा पर्यटकिय क्षेत्र पर्वद्वन केन्द्रका कोषाध्यक्ष विकास सुवेदी लगायतले  सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।

    C60B30B7-F34B-4DD3-8209-A67C377C4948.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार