नेपाली नारीहरुको महान पर्ब हरितालिका तीजको अवसरमा
बिहुँकोट समाज जापानले “तीज मेला -२०२२” को आयोजना गर्ने भएको छ । जापानका तीन शहरहरु टोकियो, ओसाका र हिरोसिमामा बिशेष साँगितिक कार्यक्रम गर्न लागेको सचिब फणिन्द्र शर्मा सुबेदीले जानकारी दिनुभयो ।
अगष्ट ३० तारिख मंगलवार अर्थात तीजको मुख्य दिनमा टोकियोको मेगुरोमा रहेको मेगुरो कुमिन सेन्टरमा चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक दिपक कंडेलले बताउनुभयो । कार्यक्रममा कलाकारहरु रिना केसी,युवराज आचार्य,सुर्य खड्का,प्रकाश कंडेल, निर्मल क्षेत्री लगायत स्थानिय कलाकारको प्रस्तुती रहने बताईएको छ।
कार्यक्रमलाई दिपवे जापान , हिरा ग्रुप टोकियो र बुद्ध ईन्टरनेसनल ट्राभल एण्ड टुर्स कम्पनीको मुख्य प्रायोजन तथा थुप्रै ब्यक्ति र संघसस्थांले आर्थिक सहयोग गरेको पनि कार्यक्रम संयोजक कंडेलले बताऊनु भयो । कार्यक्रमलाई बिशेष बनाऊनको लागि नबिन कंडेलले ग्राफिक् पार्टनरको रूपमा विशेष सहयोग गरिरहनु भएको जनाईएको छ । कार्यक्रममा उठेको सहयोग रकम मध्यबाट बचेको सहयोग रकम संस्थाको कोष अभिबृद्धि तथा आकस्मिक कोष निमाणार्थ खर्च गरिने समाजका अध्यक्ष घनश्याम कंडेलले जानकारी दिनुभयो ।
भने उता बिहुँकोट समाज जापानको नबगठित क्षेत्रिय समिती च्युगोकले हिरोसिमामा अगष्ट २४ तारिख निशुल्क प्रवेश सहितको दरखाने तथा तिज कार्यक्रम राखेको क्षेत्रिय उपसंयोजक बिमल न्यौपानेले जानकारी दिनुभयो। त्यसैगरी ओसाकामा अगष्ट २९ तारिख तिज कार्यक्रममा हुने क्षेत्रिय समिती कान्साईका कार्यक्रम संयोजक प्रेम कडेंलले बताऊनुभयो ।
(2).gif)
