मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

जापान भ्रमणमा रहेका प्रचण्डले सत्तारुढ दल एलडिपिका पुर्वमहासचिव तोसिहिरो निकाईलाई भेटे

गण्डकी पोष्ट श्रावण २४, २०७९ मंगलबार
  • 1.6K
    SHARES
  • जापान भ्रमणमा रहेका प्रचण्डले सत्तारुढ दल एलडिपिका पुर्वमहासचिव तोसिहिरो निकाईलाई भेटे

    जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता गरेका छन्।

    images

     

    उनले मंगलबार जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टी(एलडिपी)का पूर्वमहासचिव तथा जापानी प्रतिनिधिसभाका सदस्य एवं नेपाल जापान संसदीय समितिका सभापति तोसिहिरो निकाईसँग भेट गरेका हुन्।

     

    भेटका क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरुको आदानप्रदान गर्ने समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ। 

     

    स्थानीय सहर/नगरहरूबीच भगिनी सम्बन्ध विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको पनि जनाईएको छ।

     

    प्रचण्ड पाँच दिने  भ्रमण सकेर बुधबार स्वदेश फर्कँने कार्यतालिक रहेको छ। तोसिहिरो निकाई पूर्व अर्थ, व्यापार र उद्योगमन्त्री पनि हुन्।

    4031D548-CFAF-4B42-801E-963CE8DFB026.jpeg

     

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार