मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

कानागावा नेपाली कम्यूनिटीको तेश्रो अधिवेशन यही अगष्ट २२ तारिख हुने

गण्डकी पोष्ट श्रावण २१, २०७९ शनिबार
  • 752
    SHARES
  • कानागावा नेपाली कम्यूनिटीको तेश्रो अधिवेशन यही अगष्ट  २२ तारिख हुने

    टोकियो,जापान ।  

    images

    कानागावा नेपाली कम्यूनिटीको तेश्रो अधिवेशन यही अगष्ट २२ तारिख सोमवार हुनेभएको छ ।  बिधानत् गतबर्ष नै हुनुपर्ने अधिबेशन कोरोना भाईरसको कारणले अनिश्चित कालको लागी स्थगित भएको थियो ।

    अधिबेशनको लागि प्रकाश पौडेल माईलाको संयोजकत्वमा  बाबुराम भण्डारी र लोकनाथ वस्तीको सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको अध्यक्ष हरी सापकोटाले जानकारी दिनुभयो । 

    निर्वाचन कार्यतालिका अन्तर्गत उमेद्वार मनोनयन अगष्ट १९ र २० तारिक तोकिएको छ भने दाबी बिरोध र फिर्ता गर्ने समय २१ तारिक सम्म तोकिएको छ भने अन्तिम नावाली प्रकाशन २२ तारिख  हुने बताईएको छ । 

     संस्थाले स्थापना काल सन् २०१७ साल बाट हालसम्म कानागावामा बस्ने नेपालीहरूलाई बिभिन्न सहयोगका कार्यक्रमहरु आयोजन गर्दै आईरहेको छ ।

    संस्थाको नेतृत्वका लागि संस्थाका उपाध्यक्ष मनिष अमात्य, पुर्व सचिब राजेन्द्र श्रेष्ठ र बर्तमान सचिव यमकान्त कंडेलको दावी रहेको चर्चा चलेको पनि बताईएको छ।

    F72F80B5-0439-4BA2-9AEA-C265FCF1EC2B.jpeg

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार