मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

१० औं नेपाल फेस्टिबल फुकुओका-२०२२ को सम्पुर्ण तयारी पुरा, प्रचण्डले फेस्टिबलको उद्घाटन गर्ने

गण्डकी पोष्ट श्रावण १९, २०७९ बिहीबार
  • 346
    SHARES
  • १० औं  नेपाल फेस्टिबल फुकुओका-२०२२ को सम्पुर्ण तयारी पुरा, प्रचण्डले फेस्टिबलको  उद्घाटन  गर्ने

    जापानको फुकुओकामा आयोजना हुनलागेको १० औं  नेपाल फेस्टिबल फुकुओका-२०२२ को सम्पुर्ण तयारी पुरा भएको जनाईएको छ ।  

    images

    बिगत १० बर्षदेखि निरन्तर आयोजना हुदै आएको नेपाल फेस्टिबल कोरोना महामारीका कारण २ बर्ष देखी हुन सकेको थिएन । 

    जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरुद्वारा सन्चालित  बिभिन्न संघसंस्थाको नेतृत्वमा यहि अगष्ट ६ तारिक शनिबारको दिन फुकुओका तेन्जिङ्ग चुओपार्कमा एक दिने नेपाल फेस्टिबल हुँदै छ । 

     

    गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रिय कार्यसमिति, नेपाल जनजाति महासंघ क्युस्यु क्षेत्रिय कार्यसमिति, हाम्रो नेपाल हामी नेपाली, फुकुओका नेपाल सोसाइटि र अन्तराष्ट्रिय लायन्स क्लबको संयुक्त आयोजना र फुकुओकामा रहेका एकल जातिय संघसंस्थाहरु लगायत अन्य सामाजिक संघसंस्थाहरुको सह-आयोजनामा हुन लागेको नेपाल फेस्टिबलको तयारी पुरा भएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । 

    पत्रकार सम्मेलनमा फुकुओका फेस्टिबल मुल आयोजक समितिका संयोजक अर्जुन थापा, जनजाति महासंघ क्युस्युका अध्यक्ष रोशन कुमार राई, हाम्रो नेपाल हामी नेपालीका संयोजक धर्मराज अधिकारी, फुकुओका नेपाल सोसाईटिका अध्यक्ष माधब सिग्देल र लायन्स क्लबका अध्यक्ष भागिरथ पौडेल लगायतको उपस्थिति रहेको थियो भने फुकुओका फेष्टिबल मुल आयोजक समितिद्धारा गठित बिभिन्न ब्यबस्थापन समितिका संयोजकहरुले ब्यबस्थापनको बारेमा बिस्तृत जानकारी गराउँनुभएको थियो ।  

     

    नेपाल सरकारका पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेस्टिबलको    उद्घाटन  गर्ने कार्यक्रम रहेको जनाईएको छ। यस बर्षको नेपाल  फेष्टिबलमा जापानको फुकुओका प्रान्तका  बिशिष्ट ब्यक्तित्वको पनि उपस्थिती रहने फुकुओका महाबाणिज्यदुताबासका सचिब दिपक देबकोटाले जानकारी दिनुभयो । 

     

    फेस्टिबल आयोजक समितिका संयोजक अर्जुन थापाका अनुसार नेपाल फेस्टिबल फुकुओकामा नेपालको विशेषताहरुलाई समेटेर नेपालीपन झल्कने भेषभुषा  नेपाली मौलिक खानेकुरा, नेपालका विभिन्न जात जातिहरुको संस्कृति, भेगीय भेषभुषाको प्रस्तुति र राष्ट्रिय गौरवहरु गौतम बुद्ध, सगरमाथा आदिको प्रचार गर्दै नाचगानसहित मनोरन्जनमूलक कार्यक्रम हुने बताउनुभयो । 

     

    नेपाल फेस्टिबल फुकुओका पूर्णरुपमा नेपाल चिनाउने पर्व भएको हुँदा तपाई र तपाईका एक जना जापानिज या बिदेशी लिएर आउन अनुरोध गरिएको छ ।

     

    यस वर्षको नेपाल फेस्टिवल फुकुओकामा जापानस्थित नेपाली राजदूतावास टोकियो, फुकुओका वाणिज्य दूतावास, फुकुओका प्रिफेक्चर, फुकुओका सिटी अफिस, जापान सरकारको विदेश विभाग हेर्ने आधिकारिक निकाय फुकुओका इन्टरनेसनल एक्सचेन्ज फाउन्डेसन फुकुओका सिटी इन्टरनेसनल फाउन्डेशन, निशिनिप्पोन पत्रिका, आर के बिटिभी, एनपिओयूमेकइट लगायत विभिन्न जापानिज संघ संस्थाहरुले पनि सहयोग गरेको संयोजक थापाले बताउनुभयो । 

     

    यो महोत्सव सन् २०११ बाट बंगालादेशसँग सहकार्य गर्दै प्रत्येक वर्ष निरन्तररुपमा २०१९ सम्म वैशाखी मेला हुँदै नेपाल फेस्टिवल फुकुओकाको रुपमा स्थापित भएको हो । 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार