मंगलबार, भाद्र ३० गते २०८३ Tuesday, 15 Sep, 2026
Follow Us on

बिहुँकोट समाज जापानद्वारा क्यान्सर पिडित बिष्णु देवी कंडेललाई ५ लाख २६ हजार ६ सय ४२ रूपैँया राहत रकम हस्तान्तरण

गण्डकी पोष्ट श्रावण ८, २०७९ आइतबार
  • 702
    SHARES
  • बिहुँकोट समाज जापानद्वारा क्यान्सर पिडित बिष्णु देवी कंडेललाई ५ लाख २६ हजार ६ सय ४२ रूपैँया राहत रकम हस्तान्तरण

    बिहुँकोट समाज जापानद्वारा क्यान्सर पिडित ३४ बर्षिया बिष्णु देवी कंडेललाई राहत रकम हस्तान्तरण गरेको छ।

    images

    बाग्लुङ जिल्लाको काठेखोला  गाउँपालिका ५ बिहुँकोट श्रीपालीबाट बसाईसराई गरी चितवन रामपुर स्थायी बसोवास गर्दै आउनुभएकी कंडेललाई ५ लाख २६ हजार ६ सय ४२ रूपैँया हस्तान्तरण गरिएको बिहुँकोट समाज जापानका सचिब फणिन्द्र शर्माले बताऊनुभयो । बिगत केहि बर्ष देखि जापानको चिबा प्रान्तमा श्रीमान सहित बस्दै आऊनुभएकी  बिष्णु देवी कंडेलको यहि जनवरीमा  स्वास्थ्य परिक्षणको क्रममा क्यान्सर रोगको  पुष्टि भई जापानकै चिबा प्रान्तको चिबा क्यान्सर सेन्टरमा ऊपचार गराईरहनु भएको र पिडितलाई ऊपचारार्थ आर्थिक सहयोग गर्ने अभिप्रायले बिहुँकोट समाज जापानबाट आह्वान गरि सकंलन गरिएको सहयोग रकम हस्तान्तरण गरिएको सचिब शर्माले जानकारी दिनुभयो ।  

     हाल नेपाल फर्कि परिवार सगैं चितवन भरतपुर स्थित भरतपुर क्यान्सर हस्पिटलमा थप ऊपचारको क्रममा रहनुभएकोले सकंलित राहत रकम पिडित कंडेलकै घर रामपुर चितवनमा पुगि बिहुँकोट समाजका प्रतिनिधी पुर्व अध्यक्ष प. देविलाल सुबेदी,समाजका बिशिष्ट परिषद सदस्य भुमिश्वर सुबेदी ,बिशिष्ट परिषद सदस्य महेन्द्र कंडेल , सल्लाहकार प्रेम कंडेल, संस्थापक सदस्य पृथ्वीलाल सुबेदी लगाएतको ऊपस्थितीमा  हस्तान्तरण गरिएको थियो ।  

    अभियानको क्रममा सहयोग गर्ने सम्पुर्णलाई बिहुँकोट समाज जापान धन्यबाद ज्ञापन गरेको छ। 

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार