टोकियो, जापान ।
जापानमा रहेका एक लाख नेपालीहरुको पहिचानसँग जोडीएको १२ औं नेपाल फेस्टिबलको तयारी लगभग अन्तिम चरणमा पुगेको छ।
यहि जुलाई ३० र ३१ तारिख टोकियोको नाकानोस्थित सिकीनो मोरी पार्कमा हुने फेस्टिबलको तयारी अन्तिम चरणमा रहेको आयोजक एनआरएनए जापानले शुक्रवार भर्चुअल पत्रकार सम्मेलन गरी जानकारी गराएको छ।
मुख्य आकर्षकको रुपमा नेपालको मौलिकता झल्किने घर, पञ्चेबाजा, मौलिक लोक भजन, बिभिन्न जातिका झाँकी, जापानिज कलाकारका बिबिध सांस्कृतिक प्रस्तुतिहरु रहनुका साथै नेपाली परिकारका अलवा नि:शुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य परामर्श र महिला बिशेष परामर्श रहने एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिबल मुल आयोजक समितिका संयोजक शिव प्रसाद पौडेलले जानकारी दिनुभयो ।
फेस्टिबलको जुलाई ३० तारिख शनिबार बिहान १० बजे उद्घाटन समारोह गर्ने र उद्घाटन समारोहलाई छोटो बनाइने तथा अधिकतम रुपमा नेपाली कला,संस्कृति,भेषभुषा, झाँकी प्रस्तुत गर्दै नेपाल-जापान सम्बन्ध थप प्रगाढ हुने खालका कार्यक्रम साँझ ७ बजेसम्म प्रस्तुत गरिने छ भने ३१ गते पनि बिहान १० बजेबाट कार्यक्रम सुरु गरी साँझ ७ बजे सम्म कार्यक्रमको समापन गर्ने गरी कार्यक्रमको कार्यतालिका तयारी गरिरहेको उपाध्यक्ष संगिता अधिकारी सुबेदिले जानकारी दिनुभयो ।
दुई दिने फेस्टिबल अवधिलाई आवश्यक पर्ने एक सय जना स्वयंसेवक मध्ये ६० जनाले आयोजकले बनाएको गुगल फर्म फर्नुभएको स्वयंसेवक ब्यवस्थापन उपसमितिका संयोजक राकेश लामाले जानकारी दिनुभयो । लामाले अझै स्वयंसेवक आवश्यक रहेकोले इच्छुकले आयोजकको तर्फबाट तयार पारिएको गुगल फर्म भर्नुहुन अनुरोध समेत गर्नुभएको थियो ।
गुगल फर्मको लागि यहाँ क्लिक गर्नुहोला
यसअघिका फेस्टिबलमा देखिएको फोहोर ब्यवस्थापनको गुनासोलाई यसपटक दोहोरिन नदिने गरी तयारी गरिएको ,स्टलबाट बिक्री हुने खानाको गुणस्तर सम्बन्धमा आएका गुनासोका आधारमा तथा आयोजकले गठन गरेको समितिले अनुगमन गर्दा गुणस्तरहिन पाईएमा तुरुन्तै कारवाही गर्ने तथा गुणस्तरहिन खाना नस्ट गर्ने सँगै सुरक्षा ब्यवस्था चुस्त दुरुस्त राख्न सम्बन्धित पक्ष सँग सहकार्य गर्नेगरी लागिएको बताईएको छ।
फेस्टिबलमा धेरै भन्दा धेरै जापानिजलाई सहभागी गराउने उद्देश्य अनुरुप प्रचार प्रसारका गतिबिधिलाई सोही अनुरुप केन्द्रित गरी जापानिज,अंग्रेजी र नेपाली भाषामा वेबसाइट बनाई सम्पूर्ण जानकारी उक्त वेबसाइटबाट दिनेगरी अगाडी बढाएको प्रचार प्रसार बिभागका संयोजक तथा एनआरएनए जापानका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले बताउनुभयो ।
वेबसाइट हेर्नकोलागी यहाँ क्लिक गर्नुहोला।
भने आर्थिक संयोजक नबिन न्युरे र कोषाध्यक्ष कृष्ण गैरेले आर्थिक गतिबिधीको बारेमा जानकारी गराउनुभएको थियो ।
(2).gif)
