एनआरएनए जापान क्षत्रिय समिती कान्तोको आयोजनामा यही मे ८ तारिक आईतबारको दिन मा वृहत बिबिक्यु कार्यक्रम गर्ने भएको छ ।
कोभिड-१९ का कारण विगत दुईवर्षदेखि ठुला कार्यक्रमहरु गर्न नसकेको र हाल कोरोना केहि मत्थर भएको मौका छोपेर कार्यक्रम गर्न लागेको संयोजक दिपेस के सि ले बताउनु भयो ।
एनआरएनए जापान कान्तो का उप संयोजक सैलेन्द खड्का र सुरेश केसि को BBQ संयोजकत्व मा सम्पूर्ण कान्तो टीम रहेको कार्यक्रम सफल सुरक्षित र मनोरंजत्माक बनाउन कुनै क़सूर बाक़ी नराखी गर्ने तयारी मा रहेको कान्तो उप संयोजक सैलेन्द खड्काले जानकारी दिनु भयो ।
समितिले जापान स्थित विभिन्न संघ,संस्थाका प्रतिनिधि लगाएत सम्पुर्ण जापानबासी नेपाली दाजुभाई,दिदिबहिनीहरु लाई ऊपस्थित हुन अनुरोध गरेको छ।
कार्यक्रम बिहान १० बजे देखि दिऊँसो ४ बजे सम्म ओमे स्टेशन बाट नजिकै Kamanofuchi Park 1392 Oyanacho, Ome, Tokyo 198-0086 0428-22-1111 https://g.co/kgs/moCeW1
〒198-0086 東京都青梅市大柳町1392 खामानोफुची पार्कमा हुने जानकारी उप संयोजक सुरेश केसीले जानकारी गराऊनु भएको छ।
निकैलामो समयको कोरोनाको कहर पछी एनआरएन जापान कान्तो कमिटीले पुनर्रमिलन तथा केही मनोरन्जन समेत दिने योजना अनुसार यो बर्षकै पैलो बिबीक्यू (BBQ)राखेको हुदा सम्भब हुने सम्पूर्ण सम्पूर्ण दीदीबैनी तथा दाजु भाईलाई उपस्थितिको लागी अनुरोध गरेको छ ।
टोकियो र कानागावा केनको सिमानामा पर्ने तामागावा खोलाको किनारमा हुन लागेको कार्यक्रममा सम्पूर्णलाई उपस्थित सहभागीहरुलाई स्वास्थ्यस्थिती चेक गरेर सेनिटाईजरिंग गरि ईन्ट्री गराउने सह सचिव दिपक सुबेदी बिप्लब जानकारी गराउनु भयो ।
(2).gif)
