बिहुँकोट समाज जापानले क्यान्सर पीडीत गोरे बिकलाई १ लाख रुपैया आर्थिक सहयोग हस्तान्तरण गरेको छ । समाजले बाग्लुङ जिल्ला काठेँखोला गाऊपालिका -५ कर्लिम थाम नेटा भ्यु टावरका बिकलाई उपचारको लागि आर्थिक सहयोग गरेको हो ।
बिहिबार समाजको प्रतिनिधित्व गर्दै बिहुँकोट समाज जापानका परिषद सदस्य ईन्द्रलाल सुबेदी,जापान समाज बिहुँकोटका अध्यक्ष सुदर्शन कडेँल,सचिब भिष्म कँडेल,कोषाध्यक्ष राजु कडेँल तथा समाजसेवी गोविन्द बिक लगायतले पिडितको घरमा नै पुगेर रकम हस्तान्तरण गर्नुभएको थियो ।
समाजका अध्यक्ष घनश्याम कडेँलको अध्यक्षतामा बसेको बैठकले क्यान्सर रोग बाट ग्रसित बिकलाई समाजको तर्फबाट आर्थिक सहयोग गर्ने भनी निर्णय भएअनुसार सहयोग रकम हस्तान्तरण गरिएको सचिब फणिन्द्र शर्मा सुबेदीले जानकारी दिनुभयो । पारिवारीक अवस्था कमजोर भएका बिकलाई सोहि अवसरमा जापान समाज बिहुँकोटले पनि १० हजार रुपैया सहयोग रकम हस्तान्तरण गरेको थियो ।
रकम प्राप्त गरिसकेपछि पिडित बिकले बिभिन्न सामाजिक काममा अग्रणि भुमिका खेलेको बिहुँकोट समाज जापानको मुक्तकण्ठले प्रशंसा गर्दै धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
(2).gif)
