टोकियो,जापान ।
एनआरएनए जापान र क्षेत्रिय समितिहरूको संयुक्त आयोजनामा जापानका प्रमुख शहरहरू र नेपालको काठमाण्डौ स्थित एनआरएनएको केन्द्रिय कार्यालयमा एकै दिन बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। एकै समय एउटै ब्यानरमा रहि गरिएको कार्यक्रममा जापानका ८ शहर र नेपालमा एक स्थानमा गरिएको रक्तदानमा ४ सय ५० जनाले जनाले रक्तदान गरेका थिए ।
ओकिनावामा भएको शिबिरमा सबैभन्दा धेरै १ सय ६४ जनाले रक्तदान गरेका थिए भने तोचुगीमा ७७ जना, ओसाकामा ७६ जना, टोकियोमा ४६ जना, नागोयामा ३० जना, फुकुओकामा १९ जना, निगातामा १२ जना र नागानोमा ६ जनाने रक्तदान गरेको जनाईएको छ।
टोकियोमा भएको कार्यक्रममा नेपालका लागी जापानी पुर्व राजदुत मासासी ओगावा लगायतको बिशेष उपस्थितिमा भएको थियो भनेपछी उता नेपालमा भने एनआरएनएका अध्यक्ष बद्री केसि लगायतको बिशेष उपस्थितिमा भएको शिबिरमा २० जनाले रक्तदान गरेको जनाईएको छ।
कुल ६ सय जना भन्दा बढीले रक्तदान गर्ने चाहना अनुरुप सहभागीता जनाएको भएतापनी सहभागिको स्वास्थ्य स्थितिको कारण जम्मा ४ सय ५० जनाले मात्रै सफलतापूर्वक रक्तदान गरेको पनि जनाईएको छ। ।
नेपाल र जापान दुई देशको सम्बन्धलाई अझ प्रगाण गराउने उद्देश्यका साथ आयोजना गरिएको रक्तदान कार्यक्रमलाई सफल पार्न अहोरात्र खट्नु हुने सम्पुर्ण NRNA परिवार, संघ संस्था लगायत रक्तदान गर्नु हुने सम्पुर्ण आदरणीय ब्यक्तित्वहरूमा एनआरएनए जापानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक संगिता अधिकारी सुबेदिले आभार तथा धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
एनआरएनए जापानले गत बर्ष टोकियोमा मात्रै गरेको रक्तदान कार्यक्रम यसपटक भने १२ वटै क्षेत्रहरु सँगको सहकार्यमा प्रमुख शहरहरु सहित नेपालमा गरेको र आगामी दिनहरुमा यि र यस्तै प्रकृतिका कार्यक्रमहरु थप परिमार्जन गर्दै जाने संस्थाको लक्ष्य रहेको पनि जनाईएको छ।

(2).gif)
